logo

पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता छः अध्यक्ष डिसी

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २१ गते १०: ५४ मा प्रकाशित     363   पटक पढिएको

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज डिसीले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन्।

‘चलचित्र पत्रकार , इतिहासदेखि वर्तमानसम्म २०८२ पुस्तक लोकार्पण तथा ‘चलचित्र पत्रकारितामा चलचित्र पत्रकारको खोजी’ शीर्षक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पछिल्ला वर्षहरूमा मिडियाको संख्या अत्यधिक रूपमा बढेको बताए।

उनले भने, “अहिले मिडियाहरू धेरै भइसकेका छन्। पत्रकार साथीहरूको प्रश्न पनि अनेकथरि हुन्छन्। म सयवटा विषयमा दिनभर बोल्न सक्छु, तर विषय के हो भन्नेमा केन्द्रित भएर प्रश्न सोध्दा अझ प्रभावकारी हुन्छ।”

उनका अनुसार कार्यक्रमको उद्देश्य र विषयअनुसार प्रश्न सोध्नु पत्रकारिताको मर्यादाका लागि आवश्यक छ। उनले भने, “एउटा विवादित कुरा आयो भने सबै समाचारको हेडलाइन त्यही बन्छ। हामी एउटै क्षेत्रका हौं — कलाकारको विवादले फाइदा हुन्छ भने ठिक होला, तर यस्ता कुरा युट्युबका लागि हुन्, पत्रकारिताका लागि होइन।”

अध्यक्ष डिसीले अहिलेको पत्रकारितामा प्रतिस्पर्धा तीव्र रहेको उल्लेख गर्दै युवा पत्रकारहरूलाई आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिए।

उनले थपे, “पहिला पहिला पत्रकारहरूलाई पहिचान दिन समस्या हुन्थ्यो — पत्रिकामा गए टेलिभिजनको भन्ने, टेलिभिजनमा गए सिनेमाको भन्ने, सिनेमामा गए रेडियोको भन्ने। तर अहिलेको पत्रकारले यी सबै सीमाहरू पार गर्दै आफ्नो ठाउँ बनाउनुपर्छ।”

उनले नेपाली चलचित्र पत्रकारिताको विकासका लागि व्यावसायिकता, जिम्मेवारी र आपसी सहकार्य अपरिहार्य रहेको पनि बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.