logo

ठोरीमा “ठोरी दोहोरी साझ” उद्घाटन, तामाङको सुमधुर स्वरमा रंगिने फूलपाती

 इसीमाना सम्वाददाता     २०८२ असोज १० गते ०७: १४ मा प्रकाशित     303   पटक पढिएको

पर्सा । पर्साको ठोरी गाउँपालिका–२, टाउन तेर्सोटोल, राईधारामा नेपाली लोकसंगीतप्रेमीका लागि नयाँ सांस्कृतिक स्थल “ठोरी दोहोरी साझ” उद्घाटन हुँदैछ ।

 

 फूलपातीको अवसर पारेर असोज १३ गते बृहत् सांस्कृतिक कार्यक्रमसहित यसको सुरुवात हुने भएको छ ।

 

उद्घाटन समारोहको मुख्य आकर्षण चर्चित लोक तथा दोहोरी गायिका काजल तामाङ रहने भएकी छन् ।

 

आफ्नो सुमधुर स्वर र जीवन्त प्रस्तुतीले दर्शकलाई मन्त्रमुग्ध बनाउँदै आएकी तामाङको उपस्थितिले  कार्यक्रमलाई थप रोचक र स्मरणीय बनाउने आयोजकको विश्वास छ ।

 

“ठोरी दोहोरी साझ” केवल एक व्यवसायिक उद्यम मात्र नभई नेपाली लोकसंगीत र दोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा केन्द्रीत रहने संचालकहरूको भनाइ छ ।

 

 साथै, यसले स्थानीय कलाकारलाई प्रोत्साहन दिने तथा ठोरीको सांस्कृतिक पहिचान र पर्यटन सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ ।

 

सांस्कृतिक र लोकसंगीतको धरोहर जगेर्ना गर्ने लक्ष्यसहित सुरु हुन लागेको यो स्थलले ठोरीलाई नयाँ सांगीतिक गन्तव्यका रूपमा चिनाउने आशा लिइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.