logo

साँसद पन्त चलचित्र पत्रकारहरुबाट सम्मानीत

 इसीमाना सम्वाददाता     २०८२ चैत ६ गते ०५: २८ मा प्रकाशित     658   पटक पढिएको

वीरगंज । पर्साको क्षेत्र नं १ बाट निर्वाचित साँसद हरि पन्तलाई चलचित्र पत्रकार संघ पसाृले सम्मान गरेको छ ।

 

शुत्रलवार शुक्रबार वीरगञ्जमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सूर्यनारायण वि.क.सहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पन्तलाई सम्मान गरेका हुन । 

 

सम्मान ग्रहण गर्दै सांसद पन्तले नेपाली चलचित्रको बजार विस्तार, दर्शकलाई सही सूचना प्रवाह तथा स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्दै आएको संघको सक्रियताको प्रशंसा गरे।

 

आफू होटल तथा पर्यटन व्यवसायीसँगै चलचित्र निर्माता समेत रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासका लागि नीतिगत तथा संरचनागत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति समेत रहेका पन्त ‘राजनीति’ र ‘मेला’ नेपाली चलचित्रका निर्माता समेत हुन्।

 

कार्यक्रममा उपाध्यक्ष आनन्द पटेल, सचिव रन्जित यादव तथा सदस्यहरू सन्तोष कुशवाहा, अखिल पटेललगायतको उपस्थिति रहेको थियो।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.