वीरगञ्ज । पर्सा प्रहरीले करिब चार लाख रुपैया बराबरको भंसार छलीको सामानहरु आवश्यक कारवाहीकालागि मंगलवार बीरगंज भंसार कार्यालयमा बुझाएको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको करिब ३ लाख मूल्य बराबरको विभिन्न किसिमको लत्ताकपडा तथा हाडवेयरका पार्टहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ति समानहरु आवश्यक कारवाहीकोलागि भंसार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपनिरिक्षक दिपक गिरीले जानकारी दिए ।
भारतबाट ल्याउदैँ गरेको लत्ताकपडा तथा हाडवेयरका पार्टसका सामानहरु प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।
मंगलवार दिउसो साढे २ बजेको समयमा समान बोकेर आउने भरियाहरुले प्रहरीको गस्तीटोलीलाई देखेपछि सामान फालेर फरार भएका थिए । नियन्त्रणमा लिएको सामान ३ लाख ९८ हजार ९ सय ६० रुपैया मुल्याङ्कन गरी वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया