logo

जीतपुर सीमरा उधोग वाणिज्यसंघलाई सबैको साझा मंचको रुपमा बिकास गर्छौः अध्यक्ष उम्मेदवार गुप्ता

 इसीमाना सम्बाददाता     २०८३ असार ६ गते १२: २७ मा प्रकाशित     206   पटक पढिएको

सिमरा । जीतपुर सीमराका ब्यवसायीहरुको प्रतिनिधिमुलक संस्था जीतपुर सीमरा उधोग वाणिज्यसंघको निर्वाचन ७ गते हुदैछ ।

 

“जित हाम्रो लक्ष्य, सेवा हाम्रो संकल्प” भन्ने नारा सहित गजेन्द्र कुमार गुप्ता प्यानसहित मैदानमा उत्रिएका छन ।

 

 उनको टिममा वरिष्ठ उपाध्यक्षमा शिवजी साह सोनार, महासचिवमा प्रकाश गिरी, वाणिज्य उपाध्यक्षमा रामबाबु करबार, कोषाध्यक्षमा रिना रौनियार पुरी, वाणिज्य सचिवमा रिता कँडेल तथा सदस्य पदका अन्य उम्मेदवारहरू रहेका छन्।

 


अघिल्लो कार्यसमितिमा उपाध्यक्षको रुपमा क्रियाशिल गुप्ता ब्यवसायी मैत्री उम्मेदवारका रुपमा चर्चित छन । उनले संघलाई गफ गर्ने थलो भन्दा पनि ब्यसायीहरुको पेशगत समस्या हल गर्ने केन्द्रको रुपमा बिकास गर्ने संकल्प लिएका छन ।

 

उनले संघलाई समयानुकल संचालन गर्ने  स्पष्ट दृष्टिकोण, दक्षता,  प्रविधिको उपयोग गर्ने अनुभव र कुशलता आफनो टिममा रहेको बताएका छन ।

 

 उनले संघलाई सुशासनयुक्त  पाररदर्शी, जवाफदेही, सक्रिय र सबै वर्ग, समुदाय तथा भूगोलका व्यवसायीहरू अटाउने एउटा साझा मञ्च बनाउने घोषणा गरेका छन । 

 

उनले जीतपुर सीमरा जस्तो उदाउदो शहरको ब्यवस्थित बिकासमा सामुदायिक संस्थाको रुपमा आफनो भूमिका निर्वाह गर्ने जनाएका छन  ।

 

पार्किङ, सरसफाइ, सुरक्षा र व्यवस्थित सार्वजनिक शौचालय जस्ता पूर्वाधार बनाउन आवश्यक पहल गर्ने उनको योजना छ  ।

 

तालिम र प्रशिक्षण दिई दक्ष जनशक्ति उत्पादन गर्ने तथा स्थानीय कृषि उत्पादन भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना गर्न र व्यापार मेलाहरू आयोजना गरेर स्थानीय उत्पादनको प्रवद्र्धन गरेर आर्थिक उपार्जनगर्ने वतावरण उनाउने उनले दृढता ब्यक्त गरेका छन ।

 

उद्योग अनुकूल वातावरण निर्माण गर्न, स्वदेशी तथा विदेशी लगानी भित्राउन र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्नका लागि नीति निर्माण तहमा बलियो पैरवी गर्ने उनले आफनो योजना सार्वजनीक गरेका छन । 

 

ब्यवसायीहरुमाझ लोकप्रिय गुप्ताले आफनो टिमलाई पनि सन्तुलीत बनाएका छन । उनले सबैबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै आफू र आफ्नो उत्साहित रहेको बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.