logo

अख्तियारद्वारा सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत साह ७८ हजार रकम सहित पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ८ गते ०२: १८ मा प्रकाशित     82   पटक पढिएको

कलैया । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख बीरेन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले रंगे हात पक्राउ गरेको छ । उनलाई कलैयामा रहेको उनको डेराबाटै पक्राउ गरेको हो ।

 

एउटा बिलको भूक्तानीकालागि घुस रकम मागेको सूचाना पाएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयको टोलीले साहको डेरामै उनलाई पक्राउ गरेको हो ।

 


उनको साथबाट ७८ हजार रुपैया बरामद भएको आयोगका हेटौडा कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए ।

 

प्रमुख प्रशासकीय अधिकृत साह आज कार्यालय नगएको कार्यालयका सूचना प्रविधि अधिकृत अर्जुन यादवले जानकारी दिए । उहाँ कार्यालयमा आउनु भएको छैन । कलैयामा पक्राउ परेको आफूले पनि सुनेको बताए । 


कलैया उपमहानगरपालिका वार्ड नम्बर  ४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै रहेको उनको क्वाटरबाट सेवाग्राही संग काम गरेबापत ७८  हजार रुपैयाँ घुस लिएका हुन । 


साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको सूचना अधिकारी गौतमले जानकारी दिएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

समाज

महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला, अनुसन्धानकालागि कुकुर पनि परिचालन

बर्दिबास  । महोत्तरीमा अनुहार जलाएर चिन्न नसकिने अवस्थामा एक महिलाको शव बरामद भएको छ । महिलाको उमेर अन्दाजी २५÷२६ रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

लेनदेन मुद्धामा बीरगंजका उधोगी जाटिया पक्राउ

वीरगन्ज। अदालतको आदेश कार्यान्वयनकालागि प्रहरीले वीरगंजका उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.