logo

प्रतिष्ठानस्तरमा गुनासो व्यवस्थापन संयन्त्रका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ फागुन ३० गते ०६: १४ मा प्रकाशित     286   पटक पढिएको

वीरगंज । प्रतिष्ठान स्तरमा गुनासो व्यवस्थापन संयन्त्र सञ्चालन समितिका सदस्यहरूकालागि क्षमता अभिवृद्धि  सम्बन्धी एक दिने तालिम वीरगंजमा सम्पन्न भएको छ ।

 

महिला सशक्तिकरण, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत आयोजित उक्त तालिममा विभिन्न उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूको सहभागिता रहेको थियो । 

 


तालिमको उद्घाटनमा बोल्दै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले कार्यस्थललाई सुरक्षित, मर्यादित र समानतामूलक बनाउन गुनासो व्यवस्थापन संयन्त्र प्रभावकारी हुनुपर्ने आवश्यकता रहेको बताए  ।

 

उनले उद्योग व्यवसायमा कार्यरत श्रमिकहरूको अधिकार संरक्षण तथा कार्यस्थलमा हुने विभिन्न समस्याको समाधानका लागि यस्ता तालिम उपयोगी हुने बताए  । 


नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले कार्यक्रमको उद्देश्य तथा सञ्चालनबारे प्रस्तुति दिएका थिए ।

 

उनका  अनुसार यूरोपियन युनियनको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघ अन्तर्गतका चारवटा संस्थामध्ये अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) सँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा सञ्चालित महिला सशक्तिकरण, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत उक्त तालिमको आयोजना गरिएको संयोजन डा. वासुदेव लाल कर्णले बताए  । 

 


मधेश प्रदेशका पाँच वटा उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूलाई कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारको सम्बोधन गर्ने विषयमा प्रयोगात्मक तथा व्यवहारिक तालिम प्रदान गरिएको हो ।

 

तालिममा सहभागीहरूलाई अधिवक्ता शर्मिला श्रेष्ठले प्रशिक्षण दिएकी थिइन ।  कार्यस्थलमा हुने लैङ्गिक हिंसा न्यूनीकरण, गुनासो व्यवस्थापन संयन्त्रको प्रभावकारी सञ्चालन तथा सुरक्षित कार्य वातावरण निर्माणका विषयमा विस्तृत जानकारी दिइएको थियो ।  तालिमको सहजीकरण संयोजन डा.वासुदेवलाल कर्णले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.