logo

सुशासन प्रत्याभूतीको प्रतिवद्धताबाट बालेन सरकार पछि हट्यो,एमबिबिएस छात्रबृति सम्बन्धी निर्णय बिवादमा

 इसीमाना सम्वाददाता     २०८२ चैत २१ गते ०४: ५८ मा प्रकाशित     534   पटक पढिएको

वीरगंज । अन्तिम उद्धेश्य सुशासन भन्दै आएको बालेन सरकारले  कानून बिपरितको निर्णय गरेर आफै आफनो प्रतिवद्धताबाट पछि हटेको छ । 

 

चिकित्सा शिक्षा क्षेत्रमा स्थापित कानुनी संरचना र प्रक्रियालाई बेवास्ता गर्दै बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले एकपक्षीय निर्णय गरेर सुशासन प्रतिको प्रतिवद्धता बिपरितको काम गरेको हो । 

 

जेन–जी आन्दोलनमा घाइते भएकी भनिएकी एकता शाहलाई एमबिबिएस अध्ययन गराउने निर्णय सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ र नियमावली–२०७७ को स्पष्ट प्रावधानविपरीत गर्दै अघि बढाएको छ ।

 

मन्त्रिपरिषद्ले अतिरिक्त छात्रवृत्ति कोटामा शाहलाई मनोनयन गर्ने निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिइयो ।

 

सोही आधारमा गत बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको आयोगको २४औँ बैठकले उक्त प्रस्ताव पारित गरेको थियो ।

 

तर, यो निर्णय कानुनी र प्रक्रियागत रूपमा गम्भीर विवादमा परेको छ । चिकित्सा शिक्षा ऐनअनुसार एमबिबिएस अध्ययनका लागि सिट निर्धारण, प्रवेश परीक्षा, योग्यताक्रम र म्याचिङ प्रणाली अनिवार्य प्रक्रिया हुन् ।

 

शैक्षिक सत्र २०८२–८३ का लागि साउन २९ गते नै २६ सय ३५ सिट निर्धारण भइसकेको छ भने कात्तिकमा प्रवेश परीक्षा सम्पन्न भई योग्यताक्रमका आधारमा विद्यार्थी छनोट प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।

 

यस्तो अवस्थामा सरकारले अतिरिक्त रूपमा एक जना विद्यार्थीलाई सरकारी खर्चमा भर्ना गराउने निर्णय गर्दा या त पहिल्यै छनोट भइसकेका विद्यार्थीमध्ये एक जनालाई हटाउनुपर्ने वा सिट संख्या पुनः निर्धारण गर्नुपर्ने हुन्छ ।

 

तर, यी कुनै पनि प्रक्रिया नअपनाई सिधै मनोमानी शैलीमा निर्णय गरिएको आरोप लागिरहेको छ ।

 

शाहले प्रवेश परीक्षामा ५७.५ प्रतिशत अंक ल्याएकी छन् र उनको योग्यताक्रम ७६४० रहेको छ, जुन उपलब्ध सिट संख्याभन्दा निकै तल पर्छ ।

 

त्यसका बाबजुद ‘आन्दोलनमा घाइते’ भन्ने आधारमा उनलाई अतिरिक्त छात्रवृत्तिमा समावेश गर्ने प्रस्ताव अघि बढाइएको हो ।

 

यसको आर्थिक पक्ष पनि विवादरहित छैन । अतिरिक्त छात्रवृत्ति वापत लाग्ने खर्च चालू आर्थिक वर्षमा ‘निःशुल्क अध्ययन अनुदान’ शीर्षकमा विनियोजित बजेटबाट व्यवस्थापन गर्ने गरी अर्थ मन्त्रालयले फागुन १४ मा सहमति दिएको देखिन्छ ।

 

शिक्षा मन्त्रालयले चैत ३ मा पठाएको पत्रमा उक्त सहमतिबारे उल्लेख गरिएको छ । यसले निर्णय प्रक्रियामा कानुनभन्दा माथि उठेर बजेट व्यवस्थापन गरिएको संकेत गरेको छ ।

 

आयोगभित्रै केही सदस्यहरूले प्रस्ताव कानुनविपरीत भएको भन्दै आपत्ति जनाए पनि त्यसलाई बेवास्ता गर्दै निर्णय पारित गरिएको स्रोतको दाबी छ ।

यसबीच चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पनि लामो मौनता तोड्दै सरकारको कदमको आलोचना गरेका छन् ।

उनले विज्ञप्ति जारी गर्दै योग्यताक्रम बाहिर गएर विद्यार्थी भर्ना गर्नु ‘विधिको शासनमाथि प्रहार’ भएको टिप्पणी गरेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.