वीरगन्ज, नेपालको दक्षिण भाग जँहा जन्मेदेखि मैले सुन्नेगरेको घोडाटाँगा र रिक्साहरुको टिरिगं-टिरिगंको आवाजले मलाई सँधै मेरो गाँउठाँउ र कर्तव्यको बोध गराईरहन्छ ।
तिन छोराछोरीको मेरी आमा ओम श्रेष्ठ वर्ष(६८) । मेरो भिनाजु बिगत १८ वर्ष र दिदी ८ वर्षदेखि जापानको रेष्टुरेन्टमा काम गरिरहनु भएकोले वंहाको दुई छोराहरुलाई स्याहार्ने जिम्मा पनि मेरो आमाको काँधमा छ । मेरो भाईबुहारी पनि काम गर्न अहिले जापान पुगेको दुई वर्ष भयो ।
भाईबुहारीको ६ महिनाको छोराको स्याहार गर्ने जिम्मा पनि अहिले आमाको काँधमा थपिएको छ । मेरो दुई छोरीहरु बाजेबज्यै कहिले वीरगन्ज फर्किनुहुन्छ भनी सोधिरहन्छ । आमा भन्नुहुन्छ, तिम्रो दिदी जापानबाट फर्केपछि आउँछु । तर आठ वर्ष बितिसक्यो, न जापानबाट दिदी फर्किनुभयो न आमा नै वीरगन्ज आउनुभयो । आमा अब तिनै बच्चा र घरबार हेर्नमा व्यस्त हुनुहुन्छ । म भने आफ्नो आमाबुवालाई भेटन महिनैपिच्छे काठमाण्डौ पुग्छु ।
अहिले बुवा पनि तिन वर्षदेखि सिकिस्त हुनुहुन्छ । वंहाको बिर्सने रोग र बच्चा झै गर्ने व्यवहारले बच्चाहरुसँगै बुवाको हेरचाह पनि आमाले नै गर्नुपरेको छ । अहिले त बुवा झनै बिरामी भएको खबर पाएको छु ।
मेरो आमाले कहिले सुख पाउने......
यो जुनीमा त शायद........
तपाईको प्रतिक्रिया