logo

पर्सा रास्वपमा पन्त समुहको क्लीन स्वीप, नवप्रवेशी सासँदहरुको गठबन्धन अस्वीकृत

 इसीमाना सम्वाददाता     २०८३ जेठ २६ गते ०६: २९ मा प्रकाशित     354   पटक पढिएको

वीरगंज । निर्वाचन अघि रास्वपामा प्रवेश गरेर सांसद भएकाहरुको गठबन्धनलाई परास्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको सभापतिमा हरि पन्तले निरन्तरता पाएका छन । 


साँसदरु सुशिल साह कानु, रामाकान्त चौरसिया र टेक बहादुर शाक्यको एउटै गठबन्धन थियो । त्यो गठबन्धनको उम्मेदवार थिए सुशिल साह कानु ।

 

निर्वाचनका हरेक प्रक्रियामा अत्तो थापेर आफनो भौतीक उपस्थिति देखाउदै आएको यो समुहको कार्यशैलीलाई पार्टीका कार्यकर्ताले अस्वीकृत गरिदिएका छन ।

May be an image of one or more people, people smiling, dais and hospital

पार्टी निर्माणमा खटेको पक्षले नै पार्टीको श्रस्बशृद्धिमा काम गर्न सक्ने बिश्वास मतदाताले मत मार्फत जाहेर गरेका छन । 

 


नयाँ नेतृत्व चयन गर्नकालागि भएको निर्वाचन अत्यन्तै तिक्ततापूर्ण अवस्थामा भएपनि पार्टी कार्यकर्ताहरुको मत भने पार्टीको संस्थापन पक्षमा जाहेर भएको छ । यसले हुल हुज्जत आतंक मारपीटले पार्टीको नेतृत्वमा स्थापित हुन नसक्ने सन्देश दिएको छ ।

 

नयाँ जिल्ला नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पन्त नेतृत्वको प्यानलले सबै प्रमुख पदमा विजय हासिल गर्दै संगठनमा आफ्नो स्पष्ट वर्चस्व कायम गरेको छ ।

 

निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार सभापति पदमा पन्तले १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार कानुले ११८ मत प्राप्त गरेका थिए । पन्तले ४८ मतको फराकिलो अन्तरले जीत निकालेका हुन् ।

 

उपसभापति पदमा पन्त समूहकै दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी रंदीप श्रीवास्तवले ११४ मत प्राप्त गरेका थिए ।

 

सचिव पदमा सुदिशकुमार प्रजापति १६० मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी  शिवकुमार साहले ११६ मत प्राप्त गरे । सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित विजयी हुँदा निरजकुमार साह ११३ मतमा सीमित भए ।

 

सदस्य पदतर्फ तुलसा पौडेल अधिकारीले सर्वाधिक १६० मत प्राप्त गर्दै सर्वाधिक लोकप्रिय उम्मेदवार बनेकी छन् । सदस्यमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि निर्वाचित भएका छन् ।

 

निर्वाचन परिणामसँगै रास्वपा पर्साको नयाँ जिल्ला नेतृत्वमा संस्थापन पक्षको पूर्ण वर्चस्व स्थापित भएको छ । पर्साका चार सांसदमध्ये हरि पन्तले पार्टीका पुराना नेतृत्व र कार्यकर्ताको साथ लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

 

यसैवीच नव निर्वाचित सभापति एवं पसाृ क्षेत्र नं १ का साँसद हरि पन्तले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै  राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम एतिहासिक जिल्ला अधिबेशनले मलाई ४८ मतको मतान्न्तरणले  सभापति पदमा निर्बाचित  भएको उल्लेख गरेका छन ।

 

उनले आफूलाई सभापतिमा निर्वाचित गराउन योगदान दिने  सम्पुर्ण प्रतिनिधिहरु ,  केन्द्रिय संगठन बिभाग , निर्वाचन समिति एबम शुभेच्छुकहरु प्रती हार्दिक आभार प्रकट गर्दछु भनी लेखेका छन ।

IMG_5232-709x1024.jpeg

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.