logo

संसदीय बिकास कोषको चार करोड  नलिने सांसद प्रदीप यादवको घोषणा

      6/1/2018 गते 00 00 मा प्रकाशित     1133   पटक पढिएको

काठमाण्डौ १८ जेठ
सदमा सरकारले पेश गरेको बजेटमाथि सत्तारुढ दलकै सासदहरुले कडा आलोचना गर्न थालेका छन ।  पर्सा र्विाचन क्षेत्र १ बाट निर्वाचित संघीय समाजवादी फोरम नेपालका सासद प्रदीप यादवले संसदीय बिकास कोषको रकम आफूले नलिने घोषणा गरेका छन । अर्थमंत्री युवराज खतिवडाले आगामी आर्थिक वर्षकालागि जेठ १५ संसदमा प्रस्तुत गरेको बजेटमाथि चलिरहेको छलफलका क्रममा आफनो धारणा राख्दै सासद यादवले यस्तो घोषणा गरेका हुन ।

त्यो पैसा तपाईँ राख्नुस् ,जे जे बनाउनु छ बनाउनुस्ू उनले आक्रोशित हुँदै भने, ूबच्चा रुँदा ललिपप दिएर फकाए जस्तो गरेको । पैसा हामीलाई चाहिँदैन । मलाई त चाहिएन, चाहिएन, चाहिएन ।

शुक्रबार व्यवस्थापिका संसदमा बोल्दै सांसद यादवले अर्थमन्त्री डा . युवराज खतिवडा जनताको प्रतिनिधि नभएको भन्दै रोष्ट्रमबाटै व्यङ्ग्य गरेका थिए ।“हामी जनताबाट निर्वाचित सांसद हौँ, टीके प्रथाबाट आएको हैन, कसैको आशीर्वादबाट भएको हैन ”फोरम सांसद प्रदीप यादवले बजेटमाथि छलफलमा भाग लिँदै भने, “अर्थमन्त्रीले वडाध्यक्षसमेत अहिलेसम्म जित्नुभएको छैन। त्यसकारण उहाँले हाम्रो अपमान गरिरहनुभएको छ।

सांसद विकास कोष अन्तर्गत चार करोड रुपैयाँ बजेट विनियोजन गरेर सांसदहरुलाई दान दिएको जस्तो गरेकोमा उनले आक्रोश पोखेका थिए । “तपाईँ जनताको प्रतिनिधि हैन। जनताको प्रतिनिधि भए यसरी अपमान गर्ने हिम्मत पनि गर्नु हुने थिएनू” उनले भने।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.