logo

सगरमाथा चढेको मनोबलले अन्य साहसीकाम गर्न प्रधानमन्त्री ओलीको सुझाव

      6/2/2018 गते 00 00 मा प्रकाशित     914   पटक पढिएको

काठमाडौं १८ जेठ । प्रधानमन्त्री केपीशर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसीकामगर्नुपर्ने बताए  ।
केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मानगर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीओलीले सो कुरा बताए ।

 


“एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ” प्रधानमन्त्रीओलीले भने  “सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नु राम्रो हुन्छ ।”


प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लापरवाही गर्नु नहुने बताए  । प्रधानमन्त्री ओलीले भने  “हिमाल आरोहणलाई मजाकको बिषय बनाउनु हुदैन । स्वास्थ्यले साथ नदिए  बढ्ता जोखिम मोलेर जानु हुदैन । स्वास्थ्य ठिक भएपछि वा जोखिम घटेपछि पुन आरोहणको प्रयास गर्नुपर्दछ । सफलता पाइन्छ । ”


आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीतिगर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ बर्षसम्म जेल बस्नु परेकोले त्यो अवसर नपाएको प्रधानमन्त्री ओलीले बताए  । “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो” प्रधानमन्त्रीओलीले भने  “भूमिगत जीवन,जेल जीवनले पाइन । जब जेलबाट छुटे पछि कमजोर स्वास्थ्यले दिएन ।”
सगरमाथा आरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा प्रथम महिला श्रीमती राधिकाशाक्यले कार्यक्रम आयोजना गरेकी थिइन  । सफल आरोही पत्रकार रोजिता बुद्धाचार्य,रोसा बस्नेत,देउराली चाम्लिङ,कल्पनामहर्जन,प्रिया लक्ष्मीकार्की रहेका छन । कार्की स्वास्थ्यको कारणले ७ हजार मिटरबाट पmिर्कनु परेको थिए  । 

 


आरोहीहरुलाई प्रधानमन्त्री ओली,प्रथम महिला राधिकाशाक्यले सम्मान गरेकी थिइन । यसैगरी उपप्रधानएवं रक्षामन्त्री ईश्वर पोख्रेल सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलबाँस्कोटा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)कामहासचिब बिष्णु पौडेलले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.