logo

रक्तदान र आँखाका रोगीहरुको निशुल्क उपचार सेवा मिलाईने परिवानीपुर गापा प्रमुख साहको घोषणा

      6/15/2018 गते 00 00 मा प्रकाशित     839   पटक पढिएको

बीरगंज २ असार ।
गण्डक युथ क्लव बहुवरीको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । गण्डक चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्धघाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले गरेका थिए । 

 


रक्तदान कार्यक्रमको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले आउने आर्थिक वर्षबाट परवानीपुर गाउँपालिकामा रक्तदान कार्यक्रमकोलागि आवश्यक बजेट बिनियोजन गर्ने घोषणा गरे ।

 

उनले मानवीय सेवामा रक्तदानको महत्वूर्ण भूमिका रहेको चर्चा गर्दै रक्तादन सम्बन्धी जनचेतना जगाउने र कार्यक्रमको आयोजना गर्न बजेटका कारण समस्या नहुने बताए ।

 

उनले आफनो गाउँपालिकामा २२ हजार जनसंख्या रहेको बताउदै आउने आर्थिक वर्षदेखी आखाँको रोग लागेकाहरुकोलागि निशुल्क उपचारको ब्यवस्था गर्ने बताए । त्यसकोलागि नीतिगत तयारी भइरहेको  उनले जानकारी दिए । उनले गण्डक युथ क्लवले महान समाजीक सेवाभावले रक्तदान कार्यक्रमको आयेजना गरेको भन्दै प्रशंसा गरेका थिए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले शरीरका अन्य अंगहरुको बिकल्प पाइने भएपनि रगत को बिकल्प रगत मात्र हुने चर्चा गर्दै रक्तदान वास्तवमा जीवनदान भएको बताए । उनले स्थानीय सरकारहरुले रक्तदान जस्तो सेवाभावले काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्नु पर्ने धारणा ब्यक्त गरे । 


कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला साह नेकपाका नेता उमेश कुश्वाहा बिनोद पटेल  पोखरिया नगरपालिकाका कार्यकारी अधिकृत नाथु साह बीरगंज महानगरपालिका वडा नं १५ का अध्यक्ष गजेन्द्र पटेल ,नेपाल रक्त संचार केन्द्र बीरगंजका प्रमुख प्रवीण मानन्धर नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य जवाहिर अन्सारी  लगायतले कार्यक्रमको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

 


कार्यक्रममा ब्लड डोनर्स एशोसिएशन बीरगंजका सचिव अरविन्द सिंह, बिद्यार्थी नेता प्रभाकर गुप्ता,शिवजी गुप्ता,नरेन्द्र साह,रोशनी श्रेष्ठ लगायतले सहयोग पु¥याएका थिए । 

 


क्mलबका अध्यक्ष उमेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जयप्रकाश गुप्ताले गरेका थिए । कार्यक्रममा ४ महिला सहित ८१ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रम जारी रहेको अध्यक्ष गुप्ताले बताएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.