logo

टेन्सबर्ग बियर पिउनु हानिकारक बोटल भित्र अखाद्य बस्तु भेटीयो

      6/16/2018 गते 00 00 मा प्रकाशित     943   पटक पढिएको

भैरहवा, २ असार  । नेपाली बजारमा आएको टेन्सबर्ग बियर पिउनु हानिकारक भएको पाईएको छ । 
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको गुणस्तर चेकजाचका क्रममा बियर पिउनु हानिकारक भएको प्रमाणित भएको हो ।


 बियरको बोटल भित्र अखाद्य बस्तु भेटिनुका साथै अलकोहलको मात्रामा समेत कमि देखिए पछि यसको रहस्य बाहिर आएको छ ।


 बियरमा फोहोर र गुणस्तरहिन प्रमाणित भएपछि खाद्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत कार्बाहीका लागी पत्राचार गरेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त बहादुर राईले जानकारी दिए  । 


रुपन्देहीको शुदोधन गाउँपालिकामा रहेको टाईगर ब्रुअरी बाट उत्पादित बियरले उपभोक्ता माथि गरेको खेलवाड गरेको स्थानियहरु बताउछन् ।


कम्पनी बाट उत्पादिन बियर भित्र अखाद्य बस्तु भेटिनु गलत भएको भन्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्बाहीको लागी  निबेदन दिएका छन् ।

यसको समेत कार्बाही अगाडी बढेको देखिदैन् ।रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले टेन्सबर्ग बियरको गुणस्तर चेकजाच गर्दा उत्पादनमा कमजोरी देखिएकाले सम्बन्धित कार्यालयले कार्बाही अगाडि बढाएको जानकारी दिए  ।


कम्पनीका सञ्चालक तेजेन्द्र खड्काले बियर उत्पादन गर्दा कमजोरि भएको स्विकार्दै गुणस्तरहिन बियर बजार बाट कम्पनीले फिर्ता गरिसकेको जनाए । उनले  अझ बजारमा केहि मात्रा हुनसक्ने बताए  ।


पटक पटक बिवादमा आईरहने यो कम्पनीले उत्पादन गर्ने गुणस्तरहिन बियर ,राजस्व छलि र अन्तशुल्कको नक्कली स्टिकर काण्डमा बिगत देखी अनुसन्धान हुनेगरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.