logo

स्व.विन्दु देवी पाण्डे स्मृति पत्रकारिता पुरस्कार पत्रकार खडकालाई

      6/19/2018 गते 00 00 मा प्रकाशित     1774   पटक पढिएको

वीरगंज ५ असार ।   स्व.विन्दु देवी पाण्डेको स्मृतिमा स्थापित महिला पत्रकारीता पुरस्कार २०७५ बाट पत्रकार कविता खड्का पुरस्कृत भएकी छिन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले ११ हजार रुपैयाँको चेक र सम्मान पत्र सहित खडकालाई पुरस्कृत गरेका हुन ।  

कार्यक्रमलाई  नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले मिडिया सञ्चालकहरुको श्रम शोषणका कारण पहिला भन्दा अहिले सञ्चारमाध्यममा महिला पत्रकार कमी देखिएको बताएका थिए । सोही कमिलाई पुरा गर्न निकट भविष्य मै नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिले श्रमजीवी पत्रकारहरुका निम्ति कार्यक्रमहरु ल्याउन लागेको बताएका थिए । उनले साना लगानीका मिडियाहरुका लागी समेत महासंघ प्रोत्साहनका कार्यक्रमहरु ल्याउन लागेको बताएका थिए ।

खड्का राजधानी बाहिर महिलाहरुकै सक्रियतामा पर्साबाट प्रकासित मध्य नेपाल सन्देश साप्ताहीक पत्रिकाकी सम्पादक हुन । २ वर्ष अगाडी पर्सा जिल्लाका महिला पत्रकारहरुको सहभागितामा उनले पत्रिका  प्रकाशन सुरु गरेकी थिईन् । यसअघि ८ वर्षदेखी वीरगंजको सामुदायिक रेडियो नारायणी एफ।एम।मा महिला कै विषयमा रेडियो कार्यक्रम चलाउँदै आएकी थिईन् ।

बरिष्ठ पत्रकार जगदीश शशर्माले खडकालाई समाजिक सुझबुझ भएकी महिला पत्रकार रुपमा उनको छवी स्थापित भएको बताए  । उनले २० वर्ष अगाडी महिलाहरु विद्यालय जान रुचाउँदैन्थे तर त्यही कन्या विद्यालय भए पढ्न जान्थे त्यसैगरी उनले २ वर्षदेखी निरन्तर मध्य नेपाल पत्रिका मार्फत महिला पत्रकारहरुलाई आवद्ध गराई समाजलाई योगदान दिदै आएकोमा प्रशांसा गरेका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का उपाध्यक्ष के. सी. लामिछाने लेप्रतिष्ठानले महिलाहरुलाई प्रोत्साहित गर्ने काम सराहनिय रहेको बताएका थिए । उनले महिला पत्रकारहरुको सहभागितालाई लिएर एक प्रकारको छलफल आवश्यक्ता रहेकोमा जोड दिएका थिए ।

यसैगरी वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले पत्रकारको नेतृत्व विकासका  लागी महानगरपालिका जहिले पनि तयार रहेको बताइन । पुरस्कृत पत्रकार कविता खड्काले पुरस्कारले अझै बढी जिम्मेवार बनाएको बताइन ।

यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले प्रतिष्ठानले गर्दै आएको काम महासंघको भएपनी महिलाहरुको प्रतसाहनका निम्त हुदैँ आएको कामलाई महासंघले सधै उतप्रेरण गर्दै जाने बताएका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साकी उपाध्यक्ष मधु राणा, ठाकुरराम बहुमुखी क्याम्पसका प्रध्यापक डा.हरेराम ठाकुर, पत्रकार सरोज खड्का लगायतकाले मनतव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बिजय प्रकाश विनको सभापतित्वमा समपन्न कार्यक्रमको सहजिकरण विजय भण्डारीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

छठ पर्वको दोस्रो दिन आज ‘खरना मधेश लगायत देशभरी आत्मशुद्धिका साथ मनाइदै

वीरगंज ।  मधेश प्रदेश लगायत देशभर आइतवार छठ पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्।

छठ पर्वमा घडिअर्वा पोखरीमा डेढ लाख भक्तजन आउने अनुमान, सुरक्षा व्यवस्था कडा

वीरगन्ज । छठ पर्वका अवसरमा वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.