logo

 पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

      6/29/2018 गते 00 00 मा प्रकाशित     1246   पटक पढिएको

वीरगञ्ज, १५ असार ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), काठमाण्डौंको संयुक्त आयोजनामा शुक्रवार एक समारोहका बीच पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी बीरगंजको होटेल भिषूवामा सम्पन्न भएको छ । 


 बीरगंज उधोग वाणिज्य सङ्घका का.वा. अध्यक्ष सुबोध गुप्ताको अध्यक्षता  आयोजित कार्यशाला गोष्ठीमा बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले प्राविधिक दक्ष जनशक्तिको आवश्यकता रहेको बताए ।

 

उनले वीरगञ्ज–पथलैया कोरिडोरमा यस किसिमको कार्यशालाले आवश्यकता पहिचान र सोको सम्बोधनमा ठूलो सघाउ पुग्ने बताए  । ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गर्दै आइरहेको पर्सा–बाराका उद्योग व्यवसाय प्रतिष्ठानहरुले विषयगत क्षेत्रका दक्ष जनशक्ति उपलब्ध नभएको गुनासो आपूm समक्ष पनि आइरहेकोले महानगर स्वयम् पनि सरोकारवाला निकायहरु सँग समन्वय र सहकार्य गरेर प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने तर्फ अग्रसर रहेको प्रमुख सरवागीले बताए ।  


कार्यशालामा सिटिइभिटीका निर्देशक दीपक पौडेलले सिटिइभिटीको वर्तमान सङ्गठनात्मक संरचना, स्वरुप र कार्यक्षेत्रका साथै यस संस्थाले हालसम्म तयार पारेको तालिम पाठ्य सामग्रीका बारे विस्तृत जानकारी गराउँदै आवश्यकता पहिचान गरी आउँदा दिनमा थप नयाँ पाठ्यक्रम पनि निर्माण र यसमा महानगरपालिका र वीउवासङ्घसँग संयुक्तसाझेदारी गरेर अघि बढ्ने  बताए । 


मुलुक प्रादेशिक संरचनामा गई सकेकोले सङ्घीय सरकारबाट सातवटै प्रदेशमा प्रदेशस्तरीय एक एक वटा सिटिइभिटी कार्यालय स्थापना गर्ने योजना बनाएको र ६ वटा महानगरपालिकामा महिलालाई लक्षित गरी महिला पोलिटेक्निक इन्स्टिच्युटस्थापना गरिने जानकारी गराए । 


सङ्घका का.वा. अध्यक्ष सुबोध गुप्ताले नेपालको प्रमुख आर्थिक केन्द्रर औद्योगिक नगर वीरगञ्ज, पर्सा–बारामा अवस्थित उद्योगहरुलाई चाहिने दक्ष प्राविधिक जनशक्ति तयार गर्ने तर्फ वीउवासङ्घले विगतका वर्षहरुदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै आइरहेको र आउँदा दिनहरुमा सङ्घ, वीरगञ्ज महानगरपालिका र सिटिइभिटी बीच एउटा साझा समझदारी कायम गरी अघि बढ्नु पर्ने आवश्यकता औल्याए  ।

 

उहाँले सङ्घलेयस क्षेत्रका उद्योगहरुलाई आवश्यक पर्ने दक्ष जनशक्तिको पहिचान गर्न सङ्घद्वाराआफ्नै अग्रसरतामा योजना निर्माण गरीतालिम सञ्चालनमा सिटिइभिटीको सहयोग लिने बताउनुभयो । 


उक्त कार्यशाला गोष्ठीमा मोहन रञ्जन प्रधान, आशीष लाठ, मनोज उपाध्याय, टेकनाथ खतिवडा, शम्भुप्रसाद कलवार, पशुपति विक्रम शाह, अनिल जयसवाल लगायतले आ–आफ्नो धारणा राखेका थिए भने सहजीकरण सिटिइभिटीका विनोद बडालले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.