logo

रक्सौल पुग्नै लाग्दा एककिलो सुन सहित एक जना पक्राउ

      6/29/2018 गते 00 00 मा प्रकाशित     794   पटक पढिएको

वीरगञ्ज १५ असार । बीरगंज महानगरपालिकाको वडा नं १६ स्थित सीमा सग नजिक रहेको शंकराचार्य गेट नजिकबाट एक किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
बीरगंजबाट  सुन बोकेर भारतीय शहर रक्सौल तर्फ लग्दै गरेको अवस्थामा इनर्वा प्रहरी स्थित प्रहरी चौकीले सर्लाही हरिपुर ९ का सन्तोष कुमार साह कलवारलाई  बिहान साढे १० बजे पक्राउ गरेको हो ।

 

प्रहरीले बिशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । विशेष सुराकीको आधारमा प्रहरी चौकी इनर्वाबाट प्रहरी नायव निरिक्षक त्रिभूवन साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट रक्सौल जादै गरेका साह सवार ना ४८ प ३७७४ नम्बरको मोटरसाइलक शंकराचार्य गेटमा रोकर चेकजाँच गर्दा मोटरसाइकलको  सिट मुनि लुकाएर राखिएको ६ वटा टुक्रामा रहेको अन्दाजी एक केजी सुन बरामद भएको हो ।

 

सुन सहित पक्राउ परेका साहलाइ आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी नायव निरिक्षक साहले जानकारी दिए ।
सुन वीरगन्जका एक सुनचादी  व्यापारीको रहेको प्रहरीले दावी गरेको छ । तर ति ब्यापारीको बारेमा केही जानकारी भने गराएको छैन ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.