बीरगंज १४ असार ।
बीरगंजको ठाकुुरराम बहुमुखी क्याम्पसमा भइरहेको मरम्मत सम्भारको काम शुक्रवार देखी स्थगीत भएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले निर्माणकार्यमा अनियमितता भएको भन्दै छानविनको माग गरे पछि निर्माण कार्य स्थगीत भएको निर्माण समितिका अध्यक्ष प्राध्यापक नरसिंह महतोले बताएका छन ।
यस अघि पनि नेपाल बिद्यार्थी संघले निर्माण कार्यमा अनियमितता भएको भन्दै क्याम्पसको स्टोर शाखामा तालाबन्दी गरेको छ ।
क्याम्पसमा स्नातोकोत्तर तहमा समेष्टर प्राणाली लागू भएपछि आन्तरिक स्रोत परिचालन गरेर आधुनीक कक्षा कोठा बनाउने अध्यापनमा मल्टी मिडयाको प्रयोग गर्ने भन्दै प्रति सेमेष्टर १६ हजार रुपैया शुल्क लिने गरेको थियो । क्याम्पसले निर्माण समिति बनाएको भएपनि निर्माण समितिको बैठक भने नबसेको समितिका अध्यक्ष महतोले बताए ।
समितिको बैठक बसेको छैन तर निर्माणको काम शुरु भएको छ । समितिका अध्यक्ष महतोले आफूले चिठी नपाएकोले समितिको बैठक नबसेको बताए । क्याम्पस प्रशासनको तर्फबाट चिठी ढिलो गरि दिइएको उनको भनाई छ ।
निर्माण समितिमा प्राध्यापक संघका अध्यक्ष ,कर्मचारी संघका अध्यक्ष पनि सदस्यका रुपमा रहेका छन । निर्माण समितिका सदस्य समेत रहेका प्राध्यापक संघका अध्यक्ष इन्दुशेखर मिश्रले बिद्यार्थी संगठनहरुले निर्माण प्रक्रियामा असहमती जनाएपछि निर्माणको काम स्थगीत गर्ने निर्णय भएको बताए ।
बिद्यार्थी संगठनले भने मरमतसम्भारको नाममा भएको सबै बजेटलाई टुक्रा टुक्रा पारेर कोटेशनमा काम गराउनु नै बदनियतपूर्ण भएको दावी गरेका छन । मरमतसम्भारको प्राविधिक पक्षको परामर्शदाताका रुपमा रहेका इन्जिनियर मुन्ना सर्राफले बजेटलाई फरक फरक काम अनुसार टुक्रा टुक्रा पारिदिएको क्याम्पस प्रमुख प्रमोद कुशावाहाले बताए ।
उनले टेन्डर प्रक्रियामा गएर काम सक्न गा¥हो हुने र काम गर्नकालागि गर्मीको छुट्टी उपयोग गर्नु परेकोले कोटेशनमा काम गर्नु परेको बताए । उनले कमजोरी भयो होला तर नियत खराव नभएको स्पष्ट पारे ।उनले भने निर्माणको काम रोकेर कसैलाई फाइदा नहुने भएकोले काम नरोकिने अवस्थाको निर्माणमा सहायोग पु¥याउन सबैलाई अपिल गरेका छन ।
क्याम्पस प्रमुखले यसो भने पनि अमानतामा निर्माण काम सम्पन्न गर्ने कुरा कार्यसमितिबाट नभएको बिद्यार्थीहरुको दावी रहेको छ । त्यती मात्र हैन निर्माण समितिका अर्का सदस्य रामायण राउतले समेत आफूले निर्माणको काम काहा बाट कुन प्रक्रियाका आधारमा भइरहेको छ भन्ने कुरा थाहा नपाएको बताए ।
उनले निर्माण समितिको बैठक नबसी माटो खसाल्ने काम भएको दावी गरे । बिद्यार्थी संगठनले पारदर्शीताको माग गरेर ज्ञापन बुझाएको आफूलाई लागेको उनले बताए । महतो निर्माण समितिको बैठक नबसेको कुराले पनि बिद्यार्थीको यो दावीलाई बल पु¥याएको देखिन्छ ।
बजेट टुक्रा गरेर झयाल ढोका मरमत,क्षत बनाउने र क्यान्टीनको मरमतकाम भइरहेको छ । यो सबै निर्माण कामकोलागि करिव २५ लाख रुपैया बजेट रहेको छ ।
बिद्यार्थी संगठनले क्याम्पस प्रशासनले आर्थिक पारदर्शीता कायम गर्नकालागि हिसाव सार्वजनीक गर्न माग गरेका छन । क्याम्पस प्रशासनको असक्षमताका कारण क्याम्पसको साख खस्किएको आरोप समेत लगाएका छन ।
बिद्यार्थीको यो आरोप क्यम्पस प्रमुख कुशवाहाले अस्वीकार गरेका छन । शुक्रवार दुबै संगठनका अजित साह ,सन्दीप बिक्रम शाहको नेतृत्वमा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । बिद्यार्थी संगठनको ज्ञापन बुझेपछि क्यमम्पस प्रमुख डा. कुशवाहाले निर्माण सििमत सहितको बैठक राखी गरिएको छलफल बाट निर्माण कार्य स्थगीत गर्ने निर्णय भएको बताइएको छ
तपाईको प्रतिक्रिया