logo

आकस्मिक रक्तदान कार्यक्रम आठ महिला सहित ५४ जनाद्वारा रक्तदान

      6/30/2018 गते 00 00 मा प्रकाशित     1474   पटक पढिएको

बीरगंज १६ असार । 
बीरगंजमा बिरामीको चाप बढेसंगै रगतको आपूर्तीमा अभाव देखिन थालेको छ । गर्मी मौसमका कारण रगतको खपत बढी हुने चिकित्सकहरुको भनाई छ ।

 

रगतको अभाव हुदा बिरामीलाई रगत आपूर्तीको सेवा मिलाउदै आएको रक्त संचार केन्द्र बीरगंजलाई कठिनाई हुनु स्वभाविक छ ।  रक्तदान कार्यक्रमको आयोजना र रक्तदान गर्ने रक्तदाताहरुमा समेत कमि रहेको बेला बिभिन्न संघ संस्थाहरुले जनचेतना जगाउदै रक्तदान कार्यक्रम संचालन गर्दै आएका छन ।

 

जसले रक्तदान जीवनदान भन्ने सार्थक भनाईलाई स्थापित गरिरहेको छ । हिजो मात्र रक्तसञ्चार केन्द्र र ब्लड डोनर्स एसोसिएसन नेपालको विशेष पहलमा बारा जिल्लाको प्रसौनी गाउँपालिकाको भलुहीमा “सखीः महिलाको साथी” भन्ने संस्थाले शनिवार  आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय ग¥यो । शुक्रवार साझ बाट कार्यक्रमको ब्यवस्थापनको तयारी गरिएको थियो । आयोजकमा एक खालको उत्साह र उमंग संचार भएको थियो । 

 


एकदिनमै गरिएको आयोजना र ब्यवस्थापनमा पनि   ग्रामीण क्षेत्रका ७ महिला सहित ५४ जनाले रक्तदान गरे । नेपाल कम्युनिष्ट पार्टीका नेता उमेश कुशवाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका नेताहरु क्षेत्र बहादुर श्रेष्ठ “अनिल” लवकुश बैठा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने रक्तसंचार केन्द्रका प्रवीण मान्नधर ,ब्लड डोनर्स एशोसिएशनका सचिव अरविन्द सिंह सह सचिव उमेश गुप्ता, शिवजी गुप्ता सहित स्थानीय अगुवाहरुको 
सहभागिता रहेको थियो । कार्यक्रम महिला नेतृ मालती कुशवाहाको अध्यक्षतामा भएको थियो । 

कार्यक्रमको उदघाटन उमेश कुशवाहाले रक्तदान गरेर गरेका थिए भने कार्यक्रमको संचालन बिक्की महतोले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.