logo

आगू औषधको कुलतबाट आजको युवापुस्ता अलग हुनुपर्नेमा बिज्ञहरुको जोड

      7/1/2018 गते 00 00 मा प्रकाशित     1054   पटक पढिएको

बीरगंज १७ असार । 
लागू औषधको दूब्र्यसनबाट आजको युवाहरुलाई अलग राख्न युवाहरुले नै पहल गर्नु पर्नेमा बिज्ञहरुले जोड दिएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहयोगमा अनुभूती एजुकेशन फाउडेशनमा आइतवार आयोजना गरिएको कार्यक्रममा यस्तो बताइएको हो ।

 

युवा समुहले आयोजना गरेको लागू औषध बिरुद्धको जागरण गोष्ठीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक ज्ञान कुमार महतोले लागू औषधको सेवनबाट हुने बेफाइदाहरुको बारेमा जानकारी गराएका थिए । उनले लागु औषधको उत्पादन ,भण्डारण,ओसार पसार र सेवन सबै कुरा दण्डनीय रहेको बताए । 


लागू औषधको कुलतमा फस्नेहरुको घर परिवार र जीवीन बिग्रिने चर्चा गर्दै उनले समाज र राष्ट्रको नेतृत्व गर्ने आजको युवा पुस्ता लागू औषधको कुलतमा फस्न नहुने बताए । बिकास र समृद्धिको यात्रा नै धरापमा पर्ने चर्चा गर्दै उनले एकले अर्कोलाई जोगाउने काम गर्नु पर्नेमा जोड दिए ।

 

उनले लागु औषध सेवनका लक्षणहरुको बारेमा चर्चा गर्दै आफूवीचका साथीहरुमा त्यस्तो लक्षण देखा परे तुरुन्तै सम्हालन आग्रह गरे । लहलहैमा लागेर ,स्वाद लिनु प¥यो भनेर कुनै चिन्ता कारण लागु औषधको सेवन गर्न नहुनेमा उनले जोड दिए । 

 


कार्यक्रममा कलेजका प्रचार्य सुमन कार्कीले कलेजमा बिभिन्न संघ संस्थाहरुको सहकार्यमा जागरणमुलक कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिए । उनले बिद्यार्थीको सोच्ने तौर तरिकामा पाठयक्रम भन्दा बाहिरका कार्यक्रमले सकारात्मक प्रभाव पारेको चर्चा गर्दै आजका बिद्यार्थी भोलीका असल नागरिक हुने भएकोले उनीहरुलाई अल्लारे हुन नदिनेमा आफनो प्रयास रहेको बताए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले कुलतले बिनास मात्र गर्ने भएकोले कुलतमा नलाग्न लाग्न नदिन समेत आजको युवा पुस्ताले भूमिका निर्वाह गर्नु पर्ने बताए । 


आरुषी साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिवेक कर्णले गरेका थिए । कार्यक्रममा इन्सेक युवा समुहबाट कार्तिक साह, उज्जवल द्धिवेदी, शिवाकान्त प्रजापति लगायतकाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.