बीरगंज ४ साउन ।
प्रहरीले बलात्कारको आरोपमा पर्सागढी नगरपालिका वडा नं ८ हरपुर निवासी ४५ वर्षिय टइट रामलाई साउन ४ गते गिरफ्तार गरेको छ ।
रामले शुक्रवार बिहान आठ बजेको समयमा सोही ठाउकी एक १३ वर्षिया बालिकालाई ललाई फकाई गरेर एकान्तमा लगेर बलात्कार गरेको वालिकाका बुवाले बताए ।
बालिकाका बुवाले घटना बारे प्रहरीलाई खवर गरेपछि प्रहरीले रामलाई गिरफ्तार गरि थप अनुसन्धान र कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ । घटना आज बिहान आठ बजेको हो ।
पीडत वालिकाको तर्फबाट उनको बुवाले जिल्ला प्रहरी कार्यालय पर्सामा राम बिरुद्ध किटानी जाहेरी दिएका छन । राम बिरुद्ध मुद्धा चलाउने पर्साका एसपी रेवती ढकालले बताएका छन ।
प्रहरीले पीडित वालिकाको स्वास्थ्य परिक्षण आजै बीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा गराएको छ ।
तपाईको प्रतिक्रिया