logo

 शिक्षक,जनप्रतिनिधि,शिक्षासेवी सबै भ्रष्ट भएको आरोप ,छानवीन गर्न माग

      7/22/2018 गते 00 00 मा प्रकाशित     931   पटक पढिएको

बीरगंज ६ साउन । 
नेपाली कांग्रेसको बीरगंज महानगरपालिकाको वडा नं १७ अलौको वडा समितिले आफनो वडामा भएको बिकास निर्माणको काममा अनियमितता भएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेको छ । 


वडा नं १७ अलौमा शहरी बिकास तथा  भवन निर्माण कार्यालय,सीमा बिकास कार्यक्रम र बीरगंज महानगरपालिका सहितका कार्यलयबाट बिकास निर्माणको काममा लागि बजेट बिनियोजन भएको छ ।

 

 तर त्यो बजेटबाट गुणस्तरहीन काम भएको ,गुणस्तरहीन सामाग्रीको प्रयोग भएको र अनुपयुक्त स्थानमा काम गरिएको भन्दै उजुरी गरेको हो । नेपाली कांग्रेसका वडा सभापति शिवओम लामिछानेको अध्यक्षतामा असार ३१ गते बसेको वडा समितिको बैठकले अनियमितता भएको भन्दै सम्बन्धीत निकायमा पत्रचार गर्ने निर्णय गरेको थियो ।

 

साउन ४ मा भएको बैठकले  अलौलको द्वारदेवी माविमा भएको निर्माणको काम प्रति पनि अनियमितता भएको निर्णय गरेको छ । अलौमा दाताले ललित छात्रावास निर्माणकालागि दानमा दिएको २ कठ्ठा १० धुर जमिनमा ४ कोठे पक्की भवन निर्माण गरिरहेको छ ।

 

बिद्यालयले छात्रावासकालागि पाएको जग्गामा छात्रावास नबनाएको र जग्गादाताको नाम समेत उल्लेख नगरेको हुदा दाता परिवार समेत असन्तुष्ट रहेका छन । त्यसमाथि भवन निर्माणको काममा १४ लाख रुपैया अनियमितता भएको नेपाली कांग्रेस वडा समितिले आरोप लगाएको छ । 


वडाको बिकासमा आफना नजिकका मान्छे राखेर उपभोक्ता समिति बनाएर वडाध्यक्ष सुखरानी यादवले आग्रपूर्ण काम गरेको र बिद्यालयमा ब्यवस्थापन समिति र प्रधानाध्यापकले अनियमतिता गरेको आरोप सहित उजुरी परेपछि जिल्ला प्शासन कार्यालय पर्सा पनि सक्रिय भएको छ । 


जिल्ला प्रशासन कार्यालय पर्साले बजेट निकासा गर्ने सरोकारवाला कार्यालयलाई कति पैसा खर्च भएको छ । काम कस्तो भएको छ । लगत इस्टमेट के थियो भन्ने सम्पूर्ण जानकारी उपलब्ध गराउन पत्रचार गरेको छ । 


समस्या आएको छ  त्यस बिषयमा के भएको हो तालुकवाला अड्डाको प्रतिक्रिया माग गरेका छौ त्यसपछि यसमा के भएको हो भन्ने कुरा खुलेपछि आवश्यक कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताए । गत वर्ष अलौमा ढेड करोड भन्दा बढी रकमको प्रवाह भएको बताइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.