logo

 शिक्षक,जनप्रतिनिधि,शिक्षासेवी सबै भ्रष्ट भएको आरोप ,छानवीन गर्न माग

      7/22/2018 गते 00 00 मा प्रकाशित     1031   पटक पढिएको

बीरगंज ६ साउन । 
नेपाली कांग्रेसको बीरगंज महानगरपालिकाको वडा नं १७ अलौको वडा समितिले आफनो वडामा भएको बिकास निर्माणको काममा अनियमितता भएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेको छ । 


वडा नं १७ अलौमा शहरी बिकास तथा  भवन निर्माण कार्यालय,सीमा बिकास कार्यक्रम र बीरगंज महानगरपालिका सहितका कार्यलयबाट बिकास निर्माणको काममा लागि बजेट बिनियोजन भएको छ ।

 

 तर त्यो बजेटबाट गुणस्तरहीन काम भएको ,गुणस्तरहीन सामाग्रीको प्रयोग भएको र अनुपयुक्त स्थानमा काम गरिएको भन्दै उजुरी गरेको हो । नेपाली कांग्रेसका वडा सभापति शिवओम लामिछानेको अध्यक्षतामा असार ३१ गते बसेको वडा समितिको बैठकले अनियमितता भएको भन्दै सम्बन्धीत निकायमा पत्रचार गर्ने निर्णय गरेको थियो ।

 

साउन ४ मा भएको बैठकले  अलौलको द्वारदेवी माविमा भएको निर्माणको काम प्रति पनि अनियमितता भएको निर्णय गरेको छ । अलौमा दाताले ललित छात्रावास निर्माणकालागि दानमा दिएको २ कठ्ठा १० धुर जमिनमा ४ कोठे पक्की भवन निर्माण गरिरहेको छ ।

 

बिद्यालयले छात्रावासकालागि पाएको जग्गामा छात्रावास नबनाएको र जग्गादाताको नाम समेत उल्लेख नगरेको हुदा दाता परिवार समेत असन्तुष्ट रहेका छन । त्यसमाथि भवन निर्माणको काममा १४ लाख रुपैया अनियमितता भएको नेपाली कांग्रेस वडा समितिले आरोप लगाएको छ । 


वडाको बिकासमा आफना नजिकका मान्छे राखेर उपभोक्ता समिति बनाएर वडाध्यक्ष सुखरानी यादवले आग्रपूर्ण काम गरेको र बिद्यालयमा ब्यवस्थापन समिति र प्रधानाध्यापकले अनियमतिता गरेको आरोप सहित उजुरी परेपछि जिल्ला प्शासन कार्यालय पर्सा पनि सक्रिय भएको छ । 


जिल्ला प्रशासन कार्यालय पर्साले बजेट निकासा गर्ने सरोकारवाला कार्यालयलाई कति पैसा खर्च भएको छ । काम कस्तो भएको छ । लगत इस्टमेट के थियो भन्ने सम्पूर्ण जानकारी उपलब्ध गराउन पत्रचार गरेको छ । 


समस्या आएको छ  त्यस बिषयमा के भएको हो तालुकवाला अड्डाको प्रतिक्रिया माग गरेका छौ त्यसपछि यसमा के भएको हो भन्ने कुरा खुलेपछि आवश्यक कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताए । गत वर्ष अलौमा ढेड करोड भन्दा बढी रकमको प्रवाह भएको बताइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.