logo

मधेश आन्दोलनका घाइतेको गुनासो राहत बितरणमा प्रदेश सरकारले बिभेद गर्यो

      7/22/2018 गते 00 00 मा प्रकाशित     1011   पटक पढिएको

वीरगन्ज ६ साउन । 
 प्रदेश नम्बर २ को सरकारले राहत बितरणमा बिभेद गरेको भन्दै मधेश आन्दोलनका घाइतेहरुले रोष प्रकट गरेका छन। आइतवार नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर मधेस आन्दोलनका दुई जना घाइते उपेन्द्र यादव र नगीना पासवानले   राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप लगाएका हुन् । 

सम्बिधान बिरोधी आन्दोलनको क्रममा  २०७२ साल भदौ १५ गते वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीले हानेको गोली देब्रे खुट्टामा लागेर घाइते भई अपाङग भएका वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीका उपेन्द्र यादव र पहिलो मधेस आन्दोलनका क्रममा २०६२ साल माघ २० गते वीरगन्जमै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोलीको छर्रा टाउकोमा लागेर घाइते भएका वीरगन्ज महानगरपालिका–२३ प्रसौनीका नगीना पासवानले प्रदेश सरकारले गरेको निर्णय अनुसारको राहत नपाएपछि उनीहरुले पत्रकार सम्मेलन गरेरै सरकार प्रति रोष प्रकट गरेका हुन ।

 

देब्रे खुट्टामा गोली लागेका यादव अहिले पनि बेशाखीको साहरामा हिडडुल गर्छन ।  टाउको भित्र रहेको गोलीको छर्रा उपचारको अभावमा निकाल्न नसकेका पासवान भने बिरामी परिरहन्छन ।

प्रदेश सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई उनीहरुको अवस्था हेरेर अधिकतम तीन लाख रुपैयाँसम्म राहत दिने निर्णय गरको छ। त्यहीँ निर्णय अनुसार असार पहिलो साता मुख्यमन्त्री लालबाबु राउतले पर्साका दुई जना घाइते मुन्सी पटेल र पन्नालाल यादवलाई जनही तीन÷ तीन लाख रुपैयाँ राहतका रुपमा वितरण गरिसकेका छन्।

 

यसो त यादवलाई राहत स्वरुप  मुख्यमन्त्री राउतले आफनै घरमा बोलाएर एक लाख रुपैया नदिएका भने होइनन तर यादवले त्यो रकम लिन मानेन ।  मैले तीन लाख किन नपाउने भनेर प्रश्न गरे उनले भने “तिमीलाई एक लाख मात्र दिन सकिन्छ भनेपछि मैले एक लाखको चेक फिर्ता गरिदिए” । बेशाखीको भरामा हिडडुल गर्ने यादवले मजदुरी गर्न सक्दैनन । अन्य कुनै सीप छैन  ऋण लिएर बालबच्चा र परिवार पालिरहेको बताए।’

 

उपचारमा १५ लाख रुपैयाँ खर्च भएको र त्यो उपचार खर्च पनि आफूले अहिलेसम्म नपाएको उनले गुनासो गरे । 
पासवानले पनि राहतका नाममा अहिलेसम्म केही नपाएको बताए ।  पहिला मधेस आन्दोलनका क्रमममा टाँउकोमा गोलीको छर्रा लागेर घाइते भएका पासवानले उपचारका अभावमा अहिलेसम्म पनि गोलीको छर्रा आफनो टाँउको भित्रै रहेको बताए।


टाउकोमा गोलीको छर्रा रहेका कारण सधैजसो बिरामी परिरहने पासवानले आफना लालाबालाई नीजी स्कूलबाट निकालेर सरकारी स्कूलमा भर्ना गर्नु परेको सुनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.