logo

करबृद्धिको बिरोधमा महानगरबिरुद्ध बीरंगज उधोग वाणिज्यसंघ  सडकमा

      7/28/2018 गते 00 00 मा प्रकाशित     1129   पटक पढिएको

बीरगंज १२ साउन । बीरगंज महानगरपालिकाले करको दर दायरा बढाएको भन्दै बीरगंज उधोग वाणिज्यसंघले आन्दोलनको घोषणा गरेको छ । संघको सभाकक्षमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर संघले आन्दोलनको घोषणा गरेको हो । 

 


बीरगंज उधोग वाणिज्यसंघले करको दर दायरा बढाउने बिषयमा हामी सरोकारवालासंग कुनै राय सल्लाह नभएको भन्दै कर तथा घर सम्पतीको मूल्याकन  मूल्य समेत अविलम्ब फिर्ता गर्न माग गरेको छ । 

 


संघका अध्यक्ष ओमप्रकाश शर्माले महानगर नेतृत्वले आफू भन्दा जान्ने र ज्ञानी बीरगंजमा अरु कोही नभएको ठान्ने गरेको आरोप लगाए । महानगरले हामीलाई राजस्व परामर्श समितिमा त राख्यो तर छलफल केही गरेको छैन अध्यक्ष शर्माले भने “चुंगीकर र कवाडी करको बिरोधमा संघर्ष गरेका संघका पूर्व अध्यक्ष सरावगीले फेरी चुंगीकर कवाडी संकलनमा हस्ताक्षर गरेको देख्दा दया लागेर आयो ” ।

 


संघले आइतवार बीरगंजमा बिरोध  ¥यालीको आयोजना गरेको छ । संघको मागका सन्दर्भमा महानगरले वेवास्ता गरेमा चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्ने शर्माले बताए । उनले महानगर प्रमुखसंग आफनो सम्वाद भइरहेको समेत जानकारी दिए ।  सम्वाद भएर मात्र भएन पहिला बढाइएको कर खारेजी गरौ अनि छलफलमा बसौ उनले भने कर असुली गरिरहदाको अवस्थामा वार्ताको कुनै औतित्य छैन । 


पत्रकार सम्मेलनमा संघ पदाधिकारी तथा बस्ुतगत संघका समेत पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । बीरगंज महानगरले  ०७४ असारमा सम्पन्न नगरसभाबाट आर्थिक ऐन पारित गरि करको दर र दायरामा सामान्य बढोत्तरी गरेको दावी गरेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.