logo

महानगरको बिशेष नगरसभा साउन २२ मा हुने ,आय घटने भएकोले ठेकेदारमुखी प्रवृति अन्त्य गर्न जोड

      8/1/2018 गते 00 00 मा प्रकाशित     1005   पटक पढिएको

बीरगंज १६ साउन । 
बीरगंज महानगरपालिकाले साउन २२ गतेकालागि बिशेष नगरसभा बोलाउने निर्णय गरेको छ । बुधवार सम्पन्न नगर कार्यपालिकाको बैठकले बिशेष नगर सभा बोलाउने निर्णय गरेको हो । 


महानगरको दोश्रो नगरसभाले पारित गरेको आर्थिक ऐनका आधारमा बीरगंज महानगरले तय गरेको नयाँ करको दर र दायराका सम्बन्धमा बिभिन्न संघसंस्था र राजनीतिक दलहरुको मागलाई सम्बोधन गर्नकालागि नगरसभा आवश्यक भएकोले सभा डाँकिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत डा.भिष्म भूषलले बताए । 


    महानगर कार्यपालिकाको बैठकले करको दर र दायराका सम्बन्धमा उत्पन्न समस्या समाधानका लागि प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गरेको छ । 


    महानगर प्रमुख  विजय सरावगीको अध्यक्षतामा बसेको बैठकले करवृद्धि सम्बन्धमा उत्पन्न विवादबारे प्रमुख प्रशासकीय अधिकृत डा. भुषालको संयोजकत्वमा राजस्व प्रमुख र पाँचजना वडाअध्यक्ष्ँ रहनेगरी ७ सदस्यीय कमिटी गठन गरेको हो।


    सो कमिटीले विभिन्न विषयगत सङ्घसंस्थासँग छलफल गरेर करवृद्धिबारे प्रतिवेदन बुझाउने र सो प्रतिवेदनलाई नपा बोर्ड बैठकबाट अनुमोदन गरेर साउन २२ गतेको विशेष नगरसभामा प्रस्तुत गरिने मेयर सरावगीले बताए ।


    आज गठन भएको समितिलाई दुई दिनको समय सीमा प्रदान गरिएको छ ।    एकीकृत सम्पत्ति करसम्बन्धमा भने मालपोत कार्यालयले निर्धारण गरेको घरजग्गा मूल्याङ्कनलाई आधार बनाउने कुरामा सैद्धान्तिक सहमति भएको मेयर सरावगीले बताए ।

कार्यपालिका बैठकले लगत इष्टिमेट बनाउनमा  ठेकेदारमुखि प्रवृतिको अन्त्यमा जोड दिएको छ । चालू आर्थिक बर्षमा प्रस्ताव गरिएका विभिन्न योजनाहरुको कार्यान्वयनका लागि आवश्यक पर्ने आन्तरिक आयको प्रस्तावित अनुमान बमोजिम आम्दानी हुन नसक्ने स्पष्ट संकेतहरु देखिए पछि महाानगरले यस्तो निर्णय गरेको हो ।

प्राथमिकताक्रममा रहेका योजनाहरु क्रमशः कार्यान्वयन गर्दै लैजाने।कुनै पनि योजनाको खरिद प्रकृयामा जानु भन्दा पहिले प्रस्तावित योजनाहरुको वास्तविक लगत इष्टिमेट महानगरपालिकाले गराउने गरि निर्णय भएको छ । 

महानगर कार्यपालिकाको बैठकले नेशनल मेडिकल कलेजले स्वघोषणा गरी तिरेको करका सम्बन्धमा उसले तिर्नु बुझाउनु पर्ने वास्तविक करको मूल्याङ्कन गर्नका लागि कार्यपालिकाका ५ जना सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिले  साउन २३ गते देखी काम गर्ने म्याण्डेट पाएको छ । 


त्यस्तै घडीअर्बा पोखरीमा प्रातः भ्रमण  गर्न नपाएको जनगुनासोलाई ध्यानदिदै बुधवारको बैठकले तीन सदस्यीय समिति निर्माण गरेको छ । समितिले प्रात भ्रमणको वतावरण बनाउन करारपक्षसंग वार्ता गरि हल निकाल्ने जिम्मेवारी पाएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.