logo

राजस्व छलीको कपडा सहित एउटा भारतीय गाडी भंन्सार चलान    

      8/2/2018 गते 00 00 मा प्रकाशित     707   पटक पढिएको

ईसीमाना सम्वाददाता

बीरगंज १७ साउन । 
सशस्त्र प्रहरी बलको गस्ती टोलीले अनधिकृत रुपमा नेपाल भित्र्याइएको राजस्व छलीको कपडा सहित एउटा भारतीय गाडीलाई भंन्सार चलान गरेको छ । 


भारतीय नम्बर प्लेटको  बि. आर.०६ एल.३८७६ नम्बरको कारमा राखेर नेपाल तर्फ ल्याउदै गरेको करिब ३ लाख मूल्य बराबरको सर्टिंङ्ग सुटिङ्गको कपडा सहित पक्राउ गरेको सशस्त्र प्रहरीका डिएसपी तिलक खड्काले बताउनु भयो ।

 

कारमा गहुको बोरा भित्र कपडा राखेर ल्याउदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा बीरगंज भंन्सार क्षेत्रवाटै प्रहरीले कार पक्राउ गरेको हो ।


प्रहरीले भारत बिहारको मोतीहारी निवासी नसिमुल्लाह र मेराज अन्सारीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेको कार कपडा र ब्यक्तिलाई आवश्यक कारवाहीकोलागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको खडकाले जानकारी दिनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.