logo

महोत्सवले साहित्यिक सहर्कायमा योगदान दिन्छः मुख्यमंत्री राउत

      8/12/2018 गते 00 00 मा प्रकाशित     1686   पटक पढिएको

वीरगञ्ज, २७ साउन ।
 प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतका साहित्यकारहरु, दुनियामा नाम चलेका अरु मुलुकका साहित्यकार भन्दा कम नरहेको बताएका छन  ।

आइतवारदेखि वीरगञ्जमा सुरु भएको नेपाल–भारत साहित्य महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले साहित्य सम्मेलनले नेपाल र भारतको भाषा, संस्कृति र साहित्यिक सहकार्यमा योगदान पु¥याउने बताए ।

 

उनले नेपाल र भारतको सम्बन्धलाई यस्ता साहित्यिक र सामाजिक महोत्सवले प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।


उनले नेपाल र भारतका साहित्यकार र तीनका रचना कृतिहरु, संसारमा नाम चलेका साहित्यिक हस्तिहरु भन्दा कम नरहेपनि भाषाका कारण उनीहरु अरु मुलुकहरुमा चर्चित बन्न नसकेको बताए  । 


कार्यक्रममा नेपाल–भारत साहित्य महोत्सवका अध्यक्ष अशोककुमार वैद, संयोजक गणेशप्रसाद लाठ, हिमालिनी मासिक पत्रिकाका प्रबन्ध निर्देशक सच्चितानन्द मिश्र, ग्रिन केयर सोसाइटी, भारतका अध्यक्ष डा.विजय पण्डित, आचार्य महाश्रमणका विदुषी शिष्या डा. चारित्र प्रज्ञा लगायतले आ–आफ्नो मन्तव्य  ब्यक्त गरेका थिए ।


    साहित्यको विकासमा महत्वपूर्ण योगदान दिने नेपालका वरिष्ठ साहित्यकार एवम् अख्यान्तकार डा। धुवचन्द्र गौतम र भारतका वरिष्ठ साहित्यकार डा।योगेन्द्र नाथ शर्मालाई मुख्यमन्त्रि गद्दीले दोसला ओढाई कदर–पत्रले  सम्मानित गरिएको थियो ।


कार्यक्रमा लोक साहित्य विधामा साहित्यकार जसराज किराती,गैर अख्यान्त विधामा रमेश गोरखाली र गित गजल विधाको विकासमा महत्वपूर्ण योग्दान दिने श्रेष्ठ प्रिया पथरलाई मुख्यमन्त्रि गद्दीले दोसला ओढाई कदर–पत्रले सम्मानित गर्नुभएको थियो ।


नेपाल–भारत सहयोग मञ्च, ग्रिनसिट केयर भारत र हिमालिनी मासिक पत्रिकाको संयुक्त आयोजनामा साउन २८ गतेसम्म चल्ने साहित्य महोत्सवमा नेपाल तथा भारतका २ सय ५० जना स्रष्ठाहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

 

महोत्सवमा नेपाल र भारतका साहित्यप्रेमीहरू बीच साहित्यका विविध विधाहरु बारेमा वृहत विमर्श हुने र यसले दुवै देशको साहित्यलाई विकास गर्न मद्दत पुग्ने आयोजकको विश्वास रहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.