logo

महोत्सवले साहित्यिक सहर्कायमा योगदान दिन्छः मुख्यमंत्री राउत

      8/12/2018 गते 00 00 मा प्रकाशित     1597   पटक पढिएको

वीरगञ्ज, २७ साउन ।
 प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतका साहित्यकारहरु, दुनियामा नाम चलेका अरु मुलुकका साहित्यकार भन्दा कम नरहेको बताएका छन  ।

आइतवारदेखि वीरगञ्जमा सुरु भएको नेपाल–भारत साहित्य महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले साहित्य सम्मेलनले नेपाल र भारतको भाषा, संस्कृति र साहित्यिक सहकार्यमा योगदान पु¥याउने बताए ।

 

उनले नेपाल र भारतको सम्बन्धलाई यस्ता साहित्यिक र सामाजिक महोत्सवले प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।


उनले नेपाल र भारतका साहित्यकार र तीनका रचना कृतिहरु, संसारमा नाम चलेका साहित्यिक हस्तिहरु भन्दा कम नरहेपनि भाषाका कारण उनीहरु अरु मुलुकहरुमा चर्चित बन्न नसकेको बताए  । 


कार्यक्रममा नेपाल–भारत साहित्य महोत्सवका अध्यक्ष अशोककुमार वैद, संयोजक गणेशप्रसाद लाठ, हिमालिनी मासिक पत्रिकाका प्रबन्ध निर्देशक सच्चितानन्द मिश्र, ग्रिन केयर सोसाइटी, भारतका अध्यक्ष डा.विजय पण्डित, आचार्य महाश्रमणका विदुषी शिष्या डा. चारित्र प्रज्ञा लगायतले आ–आफ्नो मन्तव्य  ब्यक्त गरेका थिए ।


    साहित्यको विकासमा महत्वपूर्ण योगदान दिने नेपालका वरिष्ठ साहित्यकार एवम् अख्यान्तकार डा। धुवचन्द्र गौतम र भारतका वरिष्ठ साहित्यकार डा।योगेन्द्र नाथ शर्मालाई मुख्यमन्त्रि गद्दीले दोसला ओढाई कदर–पत्रले  सम्मानित गरिएको थियो ।


कार्यक्रमा लोक साहित्य विधामा साहित्यकार जसराज किराती,गैर अख्यान्त विधामा रमेश गोरखाली र गित गजल विधाको विकासमा महत्वपूर्ण योग्दान दिने श्रेष्ठ प्रिया पथरलाई मुख्यमन्त्रि गद्दीले दोसला ओढाई कदर–पत्रले सम्मानित गर्नुभएको थियो ।


नेपाल–भारत सहयोग मञ्च, ग्रिनसिट केयर भारत र हिमालिनी मासिक पत्रिकाको संयुक्त आयोजनामा साउन २८ गतेसम्म चल्ने साहित्य महोत्सवमा नेपाल तथा भारतका २ सय ५० जना स्रष्ठाहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

 

महोत्सवमा नेपाल र भारतका साहित्यप्रेमीहरू बीच साहित्यका विविध विधाहरु बारेमा वृहत विमर्श हुने र यसले दुवै देशको साहित्यलाई विकास गर्न मद्दत पुग्ने आयोजकको विश्वास रहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.