logo

नागरिक अधिकारको उल्लंघन गर्दै प्रदेश सरकार

      8/12/2018 गते 00 00 मा प्रकाशित     2934   पटक पढिएको

वीरगञ्ज, २७ साउन ।
चालू आर्थिक बर्षको साउनदेखि सवारी चालक अनुमति पत्र (लाईसेन्स) बितरणमा प्रदेश सरकारले रोक लगाएर नागरिक अधिकारको उल्लंघन गरेको छ ।

 

सवारी अनुमती पत्र लिन पाउनु नागरिकको अधिकार हो तर प्रदेश सरकारले कुनै मनासिव कारण बिना आवेदन रोकर नागरिकको अधिकार खोसेको छ ।

 

सबै भन्दा नागरिक अधिकारको वकालत गर्ने दलहरुको नेतृत्वमा बनेको सरकारका कारण प्रदेश २ का नागरिकले सवारी चालक अनुमती पत्र पाउन बाट बन्चित हुनु परेको छ ।

 

सरकारले नागरिकको हितकालागि काम गर्नु पर्ने हो तर सरकारका कारण नागरिकले सास्ती खेप्दा मानव अधिकारको वकालत गर्नेहरुको चाई चुई केही नसुनिदा झनै उदेक लाग्दो भएको छ ।

 

सरकारी अड्डहरु अन्य प्रदेशमा पनि प्रदेश सकारको मातहतमा गएका छन । मुलुकका अन्य ६ वटा प्रदेश सकारहरुले नरोकेको सवारी चालक अनुमतीपत्र प्रदेश २ को सरकारले रोकेर अन्याय गरेको नागरिकको बुझाई छ ।

 

आफनो मातहत आयो भनेर खुशी हुदै बोर्डको अनावरण गरेको सरकारले सेवा नदिएपछि सेवाग्राीहले प्रदेश सरकार बिरुद्ध उजुरी दिने तयारी गरेका छन । 

 

यातायात व्यवस्था विभागले खोलेको अनलाईन आवेदन प्रदेश सरकारको मौखिक निर्देशनपछि रोकिएको थियो । प्रदेश सरकारले आफनो तहबाट कुनै पूर्वाधारको बिकास नगरिकन चल्दै आइरहेको कामलाई रोक्नु नागरिक हितमा नभएको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.