logo

ठाकुरराम बुहमुखी क्याम्पस प्रमखुको कार्यकक्षमा नेविसंघले ठोक्यो ताल्चा

      8/13/2018 गते 00 00 मा प्रकाशित     1028   पटक पढिएको

बीरगंज २८ साउन । 
नेपाल बिद्यार्थी संघले बीरगंजको ठाकुुरराम बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा सोमवार तालाबन्दी गरेको छ । 


क्याम्पस प्रशासनले बिद्यार्थीहरुको समस्या हल गर्न कुनै पहल नदेखाएपछि तालाबन्दी गर्नु परेको बिद्यार्थी नेताहरुले बताएका छन । 


बिद्यार्थी नेता रोशन कुमार सिंहको नेतृत्वमा नेपाल बिद्यार्थी संघले साउन २१ गते पाँच दिने अल्टीमेटम सहितको ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनमा बिद्यार्थीहरुले पाँच सुत्रिय माँग राखेका थिए । 


उनीहरुले शिक्षा संकायमा जाने बाटो बनाउनु पर्ने,पुस्तकालयमा पाठ्यक्रम अनुसारको पुस्तक उपलब्ध गराईनु पर्ने  टिपीएलमा घाइते भएका बिद्यार्थीलाई उपचार गराउनु पर्ने छात्रवृतिको रकम बितरण गर्नु पर्ने र क्याम्पसमा रहेका शैचालय र छात्रावासमा रहेको शौचालय तथा टंयाकीको सरसफाई हुनु पर्ने माग राखेका छन । 


बिद्यार्थीको मागमा कुनै सुनवाई नभएपछि क्याम्पस प्रमुख डा.प्रमोद कुश्वाहाको कार्यकक्षमा बिद्यार्थीहरुले ताला लगाउनु परेको बिद्यार्थी नेता मुनराज तिवारीले बताए । 


साउन २४ गते मात्रै त्रिभूवन बिश्वबिद्यालय कर्मचारी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिले पनि क्याम्पस प्रमुख डा. कुशवाहालाई एउटा ज्ञापन पत्र बुझादै परिक्षामा सहभागि कर्मचारीको नाममा आएको खर्च कता खर्च हुन्छ भन्दै त्यसलाई पारदर्शी गर्न माग गरेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.