बुटवल २८ साउन ।
यातायात व्यवस्था कार्यालय बुटवलस्थित सवारी शाखाका इन्जिनियर सरोज कुमार साह २० हजार रुपैयाँ घुससहित सोमबार पक्राउ परेका छन् ।
यातायात ब्यवस्था कार्यालयका बुटवलका मेकानिकल इन्जिनियर सरोजकुमार साह सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन ।
साहले सेवाग्राहीबाट नयाँ सवारीसाधन दर्ताका लागि घुस मागेका थिए । सेवाग्राहीबाट घुस लिदै गर्दा उनी अख्तियार दरुपयोग अनुसन्धान आयोगको बुटवलको फन्दामा परेका हुन् ।
सेवाग्राहीलाई बिभिन्न दुःख दिएर घुस लिदै गर्दा उनलाई अख्तियारको टोली पक्रेको अख्तियारको बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।
तपाईको प्रतिक्रिया