logo

वडा समितिमा चोरी भएको होईन गराईएको हो—स्थानीय,राजश्व चुहावट गरेको भन्दै वडा अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

      8/13/2018 गते 00 00 मा प्रकाशित     3287   पटक पढिएको

ईसीमाना सम्वाददाता
वीरगन्ज २८ साउन ।

बीरगंज महानगरपालिका वडा न. १६ का वडाध्यक्ष श्याबाबु चौरसिया बिरुद्ध गत शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयमा उजुरी परेको छ । उनले अख्तियारको दुरुपयोग गरि राज्यलाई घाटा लगाएको भन्दै उजुरी परेको हो । 


वडाध्यक्ष चौरसियाले एउटै कित्ताको जमिनको घरबाटो दुई पटक प्रमाणीत गरेका छन । घरबाटो प्रमाणीत गर्दा जग्गाको मूल्याकंन कम हुने गरि गरेकोले अख्तियारको दुरुपयोग गरेको भन्दै उनीमाथि उजुरी परेको हो ।  

घटना बिवरण अनुसार बीरगंज महानगरपालिका वडा नं १६ को ईनर्वा निवासी जहरती मिया धुनियाले कित्ता नम्बर ३२८ मा रहेको २ कट्ठा ३ धुर ८ कनवा जग्गाको घरबाटो प्रमाणित गरी पाउ भनी २०७४ चैत १३ गते वडा समितिको कार्यालयमा निवेदन दिएका थिए ।

 

निवेदकले आफनो निवेदनमा आफैले २८ फिटको पिचबाटो भएको उल्लेख गरेका छन । वडा समितिले त्यती बेला बीरगंज महानगरपालिका कार्यालयबाट प्राविधिक झिकाइ घरबाटो प्रमाणीत गरि सिफारिश दिएको थियो । सिफारिशमा जग्गा खाली रहेको तर पूर्वपट्टी २८ फिटको पिच बाटोसंग जोडिएको प्रमाणीत सिफारिश थियो ।

 


पीच बाटो संग जोडिएको जमिनको  सरकारी मुल्याकंन ६० लाख रुपैया प्रतिकट्टा रहेको छ । यही दरमा जग्गा नामसारी हुदा जग्गा रजिट्रेसन दस्तुर धेरै लाग्ने भएपछि वडाध्यक्ष चौरसियाले अर्को सिफारिश दिएका हुन । 

वडाध्यक्ष चौरसियाल आफैले पहिला दिएको सिफारिसलाई उल्टाउदै सार्वजनिक पदको दुरुपयोग गरेरे पुन सोही जग्गामा १५ फिटको ग्रेभल बाटो रहेको भनि २०७४ चैत १६ गते घरबाटो  प्रमाणीत गरिएको अर्को सिफारिश दिए  ।

 

महानगरपालिकाको प्राविधिकको सिफारिश नभई वडाध्यक्षले घरबाटो प्रमाणीत गरिदिने कानूनी अधिकार वडाध्यक्षलाई दिएको छैन ।

 

तर पछिल्लो सिफारिश पछि प्रतिकट्टा ६० लाख मुल्याकंन रहेको जग्गा १४ लाख प्रतिकट्टा मुल्याकंनमा झ¥यो । आर्थिक नजराना  आफूले लिएर राज्यलाई आउने राजस्व चुहावट गरेको भन्दै उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।  

 

१ करोड ३० लाख ५० हजार सरकारी मुल्याकंन रहेको जग्गा वडाध्यक्षको दोश्रो सिफारिशका कारण अहिले ३० लाख ४५ हजारमा झ¥यो र त्यसैको अधारमा जहरती मिया धुनियाले मालपोत कार्यालय पर्सामा २०७४ चैत १९ गते रजिष्टर नम्बर ४६७६(क) मा स्थानीय व्यान्ती देवीको नाममा जग्गा राजीनामा लेखत लेखाई पास गरिदिएका छन  । 

 

वडा अध्यक्ष चौरसियाले सरकारी राजस्व मारेर आफूलाई फाइदा पुग्ने गरि हुदै नभएको अधिकार छ भनी दोहरो सिफारिस गरी पदको दुरुपयोग गरी भ्रष्टचार गरेको भन्दै अख्तियारमा गत शुक्रबार लिखित उजुरी परेको छ । 

वडाकार्यालयमा चोरी 

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को वडा समितिको कार्यालयमा गत शुक्रबार चोरी भएको छ । चोरको समूहले वडा समितिको कार्यालयबाट ३—४ वटा सि.एफ.एल एलईडी बल मात्र चोरी गरेर लगेका छन ।

 

यो चोरीको घटना सुन्दा अचम्मै लागेको स्थानीयले बताएका छन । चोरीकालागि चोरले किन वडा समिति कार्यालय नै छाने भन्ने प्रश्न यतिवेला नगवाबासीमा उब्जेको छ । 

 

अझ अनौठो त्यतीबेला लाग्यो जतिवेला  चोरले कार्यालयबाट बैठकको निर्णय लेख्ने पुस्तिका  र केहि महत्वपूर्ण कागजातमा चोरेको हल्ला चल्यो ।  वडाका वडा अध्यक्ष श्यामबाबु चौरसियाले  कार्यालयबाट  एउटा निर्णय पुस्तिका र केही थान बल्व चोरी भएको बताए  । 


    तर वडा समितिका सचिव हरेराम चौधरीले कार्यालय भित्र रहेको सि.एफ.एल एलईडी बल मात्र चोरी भएको बताएका छन  । उनले कार्यालयका  सम्पूर्ण कागजातहरु आफू संगै सुरक्षीत भएको बताए  ।

 

उनले  शनिबार विहानै भिम चौरसियाले चोरीको घटना बारे आफूलाई फोन गरेर जानकारी गराए पछि आफू घटना स्थल पुग्दा वडा अध्यक्ष चौरसिया लगायतका व्यक्तिहरु घटना स्थलमै रहेको बताए ।

 

वडा समितिमा भएको चोरीको घटना सुन्दा स्थानीय अगुवा अशोक पटेललाई भने आश्र्चय लागेका छ । उनले भने “समितिमा कागज चोर्न चोरहरु जादैनन्  घटना रहस्मय छ यसको छानविन हुनै पर्छ” । स्थानीयले वडा समितिमा चोरी नभई चोरी गराईएको हुन सक्ने आशंका व्यक्त गरेका छन ।

 

जुन उदेश्यले चोरी भएको हो त्यो सफल हुन सकेको छैन स्थानीय रामाधार चौरसियाले भने “वडा समितिका सचिव चौधरीले सम्पूर्ण महत्वपूर्ण कागजात आफूनिर राखेका कारण योजनाकारहरु असफल भए”  । 

 

वडाध्यक्ष चौरसिया बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उजुरी परेको छ । अख्तियारले उजुरीका सम्बन्धमा छानविनको प्रकृया अगाडि पनि बढाएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.