logo

प्रेस स्वतन्त्रता बिरोधी प्रावधानहरु सच्याउन नेपाल पत्रकार महासंघ प्रदेश २ को माँग

      8/16/2018 गते 00 00 मा प्रकाशित     1318   पटक पढिएको

वीरगन्ज, ३१ साउन । नेपाल सरकारले यही भदौं १ गते देखी लागु गर्न गइरहेको मुलुकी अपराध (संहिता) ऐन २०७४ का केही दर्फा प्रेस स्वतन्त्रताको विपक्षमा रहेकाले त्यस्ता धाराहरुलाई सच्याउन तथा संशोधन गर्न नेपाल पत्रकार महासंघ प्रदेश नं. २ले संघीय संसदलाई आग्रह गरेको छ । प्रदेश नं. २का अध्यक्ष दीपेन्द्र चौहानले बिहिबार एक प्रेस विज्ञप्ती प्रकासित गरी अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने प्रकृतीका धाराहरुलाई संशोधन गर्न आग्रह गरेका छन ।

अपराध संहिताको दफा २९३ देखि ३०८ सम्म १५ वटा धारामा गोपनीयको हवालादिई स्वतन्त्र संचार जगतलाई नै बन्धक बनाउने व्यवस्था भएकाले यथासिघ्र उक्त प्रेस विरोधी धाराहरुलाई संशोधन गर्न संघीय संसदलाई महासंघले आग्रह गरेको विज्ञप्तीमा जनाइएको छ ।

संहिताको दफा २९५ मा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने व्यवस्था छ ।त्यसलाई कसुर मानिए एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुुँन सक्ने जस्ता प्रेस विरोधी प्रवधानलाई नहटाए संविधानले पैदान गरेको प्रेसस्वतन्त्रलाई नै अपराध सहितले कुन्ठित गर्ने कार्य गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अध्यक्ष चौहानद्वारा हस्ताक्षरीत विज्ञप्तीमा प्रेस स्वतन्त्रतामथि अंकुश लगाउने सम्पूर्ण प्रावधानहरु संशोधन गरी संविधान प्रदत प्रेस स्वतन्त्रताको हकलाई प्रत्याभूत गर्न नेपाल पत्रकार महासंघ प्रदेश नं. २ जोडदार माग गरेको छ  ।

यसैबीच प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरणको नतिजाप्रति पनि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले गम्भिर अपत्ती जनाएको छ । बर्गिकरणले मोफसलका र विशेषगरी २ नम्बर प्रदेशबाट प्रकाशन हुँदै आएका पत्रपत्रिका प्रति भेदभाव गरेको विज्ञप्तीमा जनाइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.