logo

प्रेस स्वतन्त्रता बिरोधी प्रावधानहरु सच्याउन नेपाल पत्रकार महासंघ प्रदेश २ को माँग

      8/16/2018 गते 00 00 मा प्रकाशित     1162   पटक पढिएको

वीरगन्ज, ३१ साउन । नेपाल सरकारले यही भदौं १ गते देखी लागु गर्न गइरहेको मुलुकी अपराध (संहिता) ऐन २०७४ का केही दर्फा प्रेस स्वतन्त्रताको विपक्षमा रहेकाले त्यस्ता धाराहरुलाई सच्याउन तथा संशोधन गर्न नेपाल पत्रकार महासंघ प्रदेश नं. २ले संघीय संसदलाई आग्रह गरेको छ । प्रदेश नं. २का अध्यक्ष दीपेन्द्र चौहानले बिहिबार एक प्रेस विज्ञप्ती प्रकासित गरी अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने प्रकृतीका धाराहरुलाई संशोधन गर्न आग्रह गरेका छन ।

अपराध संहिताको दफा २९३ देखि ३०८ सम्म १५ वटा धारामा गोपनीयको हवालादिई स्वतन्त्र संचार जगतलाई नै बन्धक बनाउने व्यवस्था भएकाले यथासिघ्र उक्त प्रेस विरोधी धाराहरुलाई संशोधन गर्न संघीय संसदलाई महासंघले आग्रह गरेको विज्ञप्तीमा जनाइएको छ ।

संहिताको दफा २९५ मा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने व्यवस्था छ ।त्यसलाई कसुर मानिए एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुुँन सक्ने जस्ता प्रेस विरोधी प्रवधानलाई नहटाए संविधानले पैदान गरेको प्रेसस्वतन्त्रलाई नै अपराध सहितले कुन्ठित गर्ने कार्य गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अध्यक्ष चौहानद्वारा हस्ताक्षरीत विज्ञप्तीमा प्रेस स्वतन्त्रतामथि अंकुश लगाउने सम्पूर्ण प्रावधानहरु संशोधन गरी संविधान प्रदत प्रेस स्वतन्त्रताको हकलाई प्रत्याभूत गर्न नेपाल पत्रकार महासंघ प्रदेश नं. २ जोडदार माग गरेको छ  ।

यसैबीच प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरणको नतिजाप्रति पनि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले गम्भिर अपत्ती जनाएको छ । बर्गिकरणले मोफसलका र विशेषगरी २ नम्बर प्रदेशबाट प्रकाशन हुँदै आएका पत्रपत्रिका प्रति भेदभाव गरेको विज्ञप्तीमा जनाइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.