logo

प्रमाणको अन्देखा गरि पीडकलाई उन्मुक्ति दिएको पीडित महिलाको आरोप

 इसीमाना सम्वाददाता     २०८३ सावन ३० गते ०९: ०५ मा प्रकाशित     193   पटक पढिएको

काठमाडौं । एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलातकृत भएको र जिल्ला अदालतले प्रमाणको अन्देखा गरि पीडकलाई ५ लाख धरौटीमा उन्मुक्ति दिएको आरोप लगाएकी छन् ।

 


शनिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा नाम उल्लेख गर्न नचाहेकी पीडितले २ महिनादेखि न्यायका लागि माईतिघर मण्डलामा धर्ना बसिरहेको जानकारी गरिन् ।

 

ती पीडितले बलात्कार जस्तो गम्भीर अपराधमा अनुसन्धानका लागि पुर्पक्षमा राख्नुपर्नेमा पीडक प्रमोद मैनालीलाई ५ लाख धरौटीमा काठमाडौं जिल्ला अदालतले छाडेको भन्दै दुःखेसो व्यक्त गरिन्

 

। “म एक मधेशको चेली, मेरो समाज कस्तो छ, सबैलाई थाहा छ, मलाई कति गाह्रो परिरहेको छ, तर पनि न्यायका लागि लड्दा खोई न्यायालयको न्याय” उनले प्रश्न गरिन् ।

 

उनले बारा जिल्ला कोल्हबी नगरपालिका हनुमानगन्ज स्थायी घर भएका लेखा अधिकृत प्रमोद मैनालीको जबरजस्तिकरणीको मुद्धामा काठमाडौं जिल्ला अदालतबाट ५ लाख धरौटीमा छुटेको पीडा व्यक्त गरिन् ।

 


त्यसपछि आफू न्यायको लागि उच्च अदालत पाटनमा गएको र सोले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि पीडा सहन नसकी विष खाएर आत्महत्याको प्रयास गरेको पीडिले बताईन् ।

 

हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा कार्यारत मैनालीले काठमाडौं स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यारत हुँदा २०८१ माघमा आफूलाई बलात्कार गरेको बताईन् ।

 

बलात्कारपछि पनि विभिन्न दबाब आएको बताउँदै भनिन्,“म स्वयम ठूलो संघर्षबाट सरकारी सेवामा पुगेकोले आफैले घटना दबाउन खोज्दा पीडकबाट थप ‘सेक्सुअल हर्यास्मेन्ट’ र धम्किले कानुनी उपचार खोज्न बाध्य भएँ ।”

 

जिल्ला र उच्चको निर्णयपछि सर्बोच्च अदालतमा मुद्धा चलिरहेको र ४/४ पटकसम्म पेशी सरेको कारण माइतिघर मण्डलामा धर्ना बसिरहेको बेला हातको नशा काटी आत्महत्या गर्ने प्रयास गरेको उनले दुःखेसो व्यक्त गरिन् ।

 

पीडितको न्यायका लागि साथ दिइरहेकी जेनजी अभियन्ता लक्ष्मी देवीले एकजना सरकारी कर्मचारीलाई नै न्याय दिन नसक्ने राज्यले आम नागरिकलाई न्याय दिन सक्छ, भन्दै प्रश्न गरिन् ।

 

विभिन्न पटक गरेर ३ पटकसम्म आत्महत्या गर्ने प्रयास गर्दा पनि राज्यले पीडितको आवाज नसुन्नु राज्य सून्य अवस्थामा रहेको देवीको कथन छ ।

 

उच्च अदालत पाटनले काठमाडौं जिल्लाकै निर्णय सदर गरिसकेपछि पीडितले विष खाएकी र सर्बोच्च आदालतमा विभिन्न बहाना बनाएर सर्बोच्च अदालतले पेशी सारी राखेको पीडामा माइतिघर मण्डलामै हात काटेर आत्महत्या गर्ने प्रयास गरेको देविले बताईन् ।

 

कहिले ‘हात काटेर’ त कहिले ‘विष सेवन’ गरेर ती पीडितले आत्महत्या गर्ने प्रयास गर्नुभयो समयमै हामीले बचायौं, अब पनि यस्तै हुँदै गर्दा उनको ज्यान गयो भने को जिम्मेवार हुन्छ, देवीले प्रश्न गरिन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.