logo

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

 इसीमाना सम्वाददाता     २०८३ सावन २७ गते ०८: ४३ मा प्रकाशित     50   पटक पढिएको

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

 


लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माई, लायन्स क्लब अफ वीरगञ्ज नवदिप एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगञ्ज प्रिन्टोपैक, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम र लियो क्लब अफ वीरगञ्जको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । 

 

प्रतियोगितामा वीरगञ्जका विभिन्न कलेजका विभिन्न उमेर समूहका धावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

 वीरगञ्जको घण्टाघरबाट सुरु भइ रेल्वेरोड हुँदै अमर चौक पुगि पुनः घण्टाघरमा पुगेर समापन भएको प्रतियोगितामा सहभागी धावकहरूले उत्साह र प्रतिस्पर्धात्मक भावनाका साथ दौड पूरा गर्दै स्वस्थ तथा सक्रिय जीवनशैलीको सन्देश दिएका थिए ।

 


कार्यक्रमका  पर्साका प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले म्याराथन जस्ता कार्यक्रमले युवालाई खेलकुद र सकारात्मक गतिविधितर्फ आकर्षित गर्नुका साथै स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए  ।

 

उनले  युवाको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माण तथा सामाजिक सेवामा उपयोग गर्नुपर्नेमा जोड दिँदै यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

 


त्यसैगरी कार्यक्रमका लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले लायन्स क्लबले सामाजिक सेवासँगै स्वास्थ्य, युवा तथा खेलकुदका क्षेत्रमा समेत निरन्तर गतिविधि गर्दै आएको बताए  ।

 

 उनले म्याराथनले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै युवामा अनुशासन, आत्मविश्वास, सकारात्मक सोच र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्‍याउने उल्लेख गरे ।


वक्ताहरूले नियमित व्यायाम र शारीरिक सक्रियता स्वस्थ जीवनको आधार भएको बताउँदै युवाहरूलाई खेलकुद तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए ।

 


प्रतियोगितामा पुरूषतर्फ डेसिमल कलेजका इमाम हुसेन प्रथम, बिपिएस कलेजका विक्की कुमार यादव द्वितीय र सोही कलेजका अर्जुन कुमार तृतीय भएका थिए, त्यसैगरी महिलातर्फ बिपिएस कलेजकी उमा कुमारी शर्मा प्रथम, हरिखेतान कलेजकी पुष्पा कुमारी गुप्ता द्वितीय र सोही कलेजकी आशा कुमारी साहले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

 

 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । सहभागी धावकहरूले प्रतियोगिता उत्साहजनक र प्रेरणादायी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

 


लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दा प्रसाद कानुको नेतृत्वमा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफद्वय लायन आश्मा सिंह यादव, लायन विजय गुप्ता, एरिया चिफ लायन सुनिल कुमार गुप्ता, एरिया सेक्रेटरी लायन सल्मा खातुन, जोन चेयरपर्सन लायन सुशीला साह, क्याबिनेट अफिसरद्वय लायन रितिका जैसवाल, लायन पीयूष दारूका, सशस्त्र प्रहरीका प्रहरी निरिक्षक चन्द्रकान्त पौडेल, जनपद प्रहरीका प्रहरी निरिक्षक पदम पाण्डे, लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.