logo

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

 इसीमाना सम्वाददाता     २०८३ सावन २४ गते ०९: ०६ मा प्रकाशित     49   पटक पढिएको

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन। 

 

सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।  सम्पन्न भएको छ। 

 

उनले  दिगो वन व्यवस्थापनका लागि सरकारसँगै स्थानीय जनता पनि वृक्षरोपण र वन संरक्षणमा अग्रसर हुनुपर्नेमा जोड दिए । 

उनले २०३६ सालदेखि हुँदै आएको वन विनाशलाई नियन्त्रण गर्न साझेदारी वन उपभोक्ता समूहको अवधारणा अघि बढाइएको उल्लेख गर्दै वन संरक्षणको मूल उद्देश्यअनुसार सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।

 

वनमा काठ सडेर जाने अवस्था रहे पनि उपभोक्ताले आवश्यक काठ सहज रूपमा प्राप्त गर्न नसकेको विषय प्रति सरकार  गम्भीर रहेको मन्त्री चौधरीले बताए।

 

 उनले वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई कसरी सरल र सहज बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिए।

 

 कार्यक्रममा  मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारीमन्त्री श्याम पटेलले केही व्यक्तिको स्वार्थका कारण साझेदारी वनको प्रभावकारी व्यवस्थापन हुन नसकेकोमा चिन्ता ब्यक्त गरे। साझेदारी वनका जिम्मेवार पदाधिकारीले वनलाई व्यापारिक दृष्टिले मात्र नहेरी सामाजिक सेवाको भावनाबाट वन संरक्षण र व्यवस्थापनमा लाग्नुपर्ने उनले बताए।

 

वन जोगाउनु सरकारको मात्र दायित्व नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री पटेलले वन संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

 

मन्त्री पटेलले मधेश प्रदेशका किसानले खेतीपातीका लागि आवश्यक रासायनिक मलको अभाव झेलिरहेको बताउँदै संघीय सरकारले पर्याप्त मल उपलब्ध नगराउँदा समस्या भएको बताए। प्रदेश सरकारलाई कागजमा मल उपलब्ध हुने गरे पनि त्यसलाई स्थानीय तहमा समयमै हस्तान्तरण गरी किसानसम्म पुर्‍याउने काम भइरहेको उनको भनाइ थियो।

 

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जनप्रसाद साह सोनार, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम तथा सदस्यहरू श्रवण साह, भैयाराम पटेल, जगतनारायणप्रसाद यादव, सुरेशकुमार, राजीव साह सोनार, रामअयोध्या राउत अहिर, राधिका भक्त लामा र रिता देवी कलवारिन लगायतको उपस्थिति थियो।

 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका प्रमुख प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।समूहका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

सडकका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउन मानगर तात्यो

वीरगञ्ज । सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकामभित्र देखिएका खाल्डाखुल्डी र अव्यवस्थित बिजुलीका तार व्यवस्थापनको काम तीव्र पारिएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.