logo

टेलीकम क्षेत्रको सडक बिस्तारको काम रोक्न अदालतको अल्पकालीन आदेश ,४ गते दुबै पक्षको सहभागितामा छलफल हुने

 इसीमाना सम्वाददाता     २०८३ सावन २९ गते ०४: ०८ मा प्रकाशित     207   पटक पढिएको

वीरगन्ज  । त्रिभूवनराजपथको  वीरगन्जको मुख्य सडक विस्तारको काम  तत्कालकालागि रोक्न उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगंजले आदेश गरेको छ । 

 

 सडक विस्तारका क्रममा आफ्ना संरचना प्रभावित हुने भन्दै दूरसञ्चार कम्पनीले रिट दायर गरेपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले टेलीकमले दावी लिएको क्षेत्रमा  तत्काल सडक विस्तारको काम नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

 


उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश निर्मला पौडेल भट्टराईको एकल इजलासले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, काठमाडौंका तर्फबाट सङ्गीता अर्याल पहाडीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।


उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजका प्रवक्ता ध्रुव प्रसाद सुवेदीले नेपाल टेलीकमले आफनो कार्यालय भएको क्षेत्रको मात्र मागदावी लिएर अन्तरिम आदेश माँगेको जानकारी दिदै अदालतले सोही क्षेत्रमा लागू हुने गरि अल्पकालीन अन्तरिम आदेश दिएको बताए ।

 

अन्तरिम आदेशका बारेमा दुईपक्ष वीच छलफल गर्न भदौ ४ गतेकालागि पेसी तोकेको समेत सुवेदीले जानकारी दिए । अदालतको यो आदेशले टेलीकम कार्यालय बाहेकको अन्य क्षेत्रको सडक बिस्तारको कामलाई कुनै रोक नलागेको सुवेदीको भनाई छ । 

 

निवेदकका तर्फबाट अधिवक्ता डा. गजेन्द्र अर्याल र अधिवक्ता राजेश पण्डितले बहस गरेका थिए।

 

अदालतले सो मितिसम्म रिट निवेदनमा उल्लेखित सडक क्षेत्रमा सडक विस्तार गर्ने कार्य नगर्न–नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

1-761x1024.jpeg

 

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.