logo

लाइसेन्स बितरणमा अझै दुई चार दिन लाग्छःराज्यमंत्रीः झा

      8/19/2018 गते 00 00 मा प्रकाशित     1182   पटक पढिएको

वीरगञ्ज ३ भदौ,  । प्रदेश सरकारका भौतीक पूर्वाधार राज्यमंत्री डिम्पल झाले दुई चार दिनमै बीरगंजबाट सवारी चालक अनुमतीपत्र बितरण गरिने बताइन  ।

 

 बीरगंजको होटल बाटीका इन्टरनेशनलमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मंत्री झाले प्रदेश २ का नागरिकहरुका लागि वीरगञ्जबाट छिट्टै सवारी चालक अनुमति पत्र (लाइसेन्स) बितरणको प्रक्रिया शुरु हुने बताएकि हुन  ।

 

गएको साउन १ गते कायाृलयहरु प्रदेश सरकारको मातहतमा आएपछि सवारी चालक अनुमती पत्र बितरणमा प्रदेश नं २ को सरकारले प्रदेश भित्र रोक लगाएको थियो । प्रदेश २ मा लाहान,जनकपुर र बीरगंजबाट यातायात ब्यवस्था कार्यालयहरुले सवारी चाकल अनुमती पत्र बितरण गर्दै आइरहेका थिए । 

 


देशका अन्य प्रदेशमा रहेका कार्यालयहरु प्रदेश सरकारको मातहतमा गएपनि ती प्रदेशहरुले भने सवारी चालक अनुमती पत्र बितरणको काम भने रोकेका छैनन । 


प्रदेश सरकारले प्राविधिक कामहरु पुरा नगरी हचुवाको भरमा सवारी चालक इजाजतपत्र दिने काम रोकेर नागरिको आधारभूत अधिकारको बर्खिलाप गरेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको बेला राज्मंत्री झाले प्राविधिक कामहरु बाँकी भएकोले वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स वितरणको काम रोकिएको जानकारी दिइन  । 

 

उहाँले स्मार्ट लाइसेन्स बितरण भइरहेको र नेपालमा त्यो छाप्ने मेशीन दुईवटा मात्र रहेको र अनलाईन मार्फत भरिने फर्मको सम्पूर्ण बिवरण नीजि कम्पनीमा जाने भएकोले प्रविधिको ब्यवस्था गरेर सवारी चालक इजाजतपत्र बितरणमा सरकार लाग्ने बताइन  । 

 


प्रधानमंत्री के.पी.ओली जनकपुर भ्रमणमा रहदा मंत्री झा प्रदेश सभामा उपस्थित थिइनन । काम बिशेषले बीरगंज आएको बताउदै राज्यमंत्री झाले सम्बिधान संशोधन नहुदा सम्म मधेशमा खुशी हुने कुनै आधार नरहने बताइन  ।


राज्यमंत्री झाले हतारमा स्थानीय तहको नाममा नगरपालिकाहरु धेरै बनेकोले पनि करको भार जनतामा बढी परेको बताइन भयो ।

कार्यक्रममा प्रदेश सभासद अञ्जु कुमारी यादव, राजपाका महासचिव शिव पटेल, राजेशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.