logo

छिपहरमाईमा छात्राहरुलाई साइकल बितरणमा

      8/20/2018 गते 00 00 मा प्रकाशित     908   पटक पढिएको

बीरगंज ४ भदौ ।
छिपहरमाई गाउँपालिकामा सोमवार एक बिशेष समारोहकावीच बिद्यालयमा अभ्ययनरत वालिकालाई साइकल बितरण गरिएको छ ।

 

गाउँपालकिाको गत आर्थिक वर्षको बजेटबाट श्री मंगल मावि भिषूवामा अध्ययनरत छात्राहरुलाई साइकल बिरतण गरिएको हो ।

 

बिद्यालयमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव किशोरी साह जिल्ला बिकास समिति पर्साका पूर्व सदस्य रामजी साह कानु लगायतले छात्राहरुलाई साइकल बितरण गरेका थिए । कार्यक्रममा १ सय ६ जना छात्रालाई साइकल बितरण गरिएको हो । 


गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले छात्राहरुलाई अध्ययनमा सजिलो होस भनेर साइकल उपलब्ध गराएको बताए । काम धन्दामा समेत सहभागि हुने छात्राहरुले गुणात्मक शिक्षा पाउन सकुन भन्ने आफनो उद्धेश्य रहेको उनले बताए ।

 

उनले बिद्यालयमा शिक्षकहरुले अध्यापन गर्ने कुरामा कुनै मोलाहिजा नगर्न समेत आग्रह गरे । उनले आउने दिनमा पनि बिद्यालयको भौतीक पूर्वाधार बिकास र शैक्षीक वतावरण निर्माणमा आफूले ध्यान दिने बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.