logo

प्रदेश २ मा भदौ ६ गते सार्वजनीक बिदा,एकै दिन १८ विधेयक पारित

      8/21/2018 गते 00 00 मा प्रकाशित     1274   पटक पढिएको

बीरगंज ५ भदौ ।
प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड इद–ऊल–जोहा (वकरिद) को अवसरमा भाद्र ६ गते बुधवार सार्वजनिक विदा दिने घोषणा गरेको छ । 
आज बसेको मन्त्री परिषदको बैठकले भाद्र ६ गते प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । 


त्यसै गरि मन्त्री परिषदले ३ वटा विधेयकलाई पारित गरेको छ भने १५ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । मन्त्री परिषदले मदरसा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयक, कानून निर्माण प्रक्रिया सम्बन्धि विधेयक र प्रदेश सभा सचिव नियुक्ति सम्बन्धि विधेयक पारित गरेको छ ।

 

त्यसै गरि मन्त्रीपरिषदले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्बन्धि ५ वटा, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्बन्धि ९ वटा र आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्बन्धि १ वटा विधेयक लाई सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ। 


मन्त्री परिषदले सैद्धान्तिक सहमति प्रदान गरेको विधेयकहरुमा प्रदेश सवारी यातायात व्यवस्थापन सम्बन्धि विधेयक, प्रदेश सडक निर्माण मर्मत सम्बन्धि विधेयक, प्रदेश सहरी विकास सम्बन्धि विधेयक, प्रदेश जलस्रोत उपयोग तथा व्यवस्थापन सम्बन्धि विधेयक, प्रदेश विधुत सम्बन्धि विधेयक, प्रदेश भूमि व्यवस्थापन सम्बन्धि विधेयक, प्रदेश सहकारी सम्बन्धि विधेयक, प्रदेश प्राङ्गारिक कृषि सम्बन्धि विधेयक, प्रदेश पशु सेवा तथा पशु स्वास्थ्य सम्बन्धि विधेयक, प्रदेश जिवनाशक विषादी सम्बन्धि विधेयक , प्रदेश विउविजन सम्बन्धि विधेयक, प्रदेश जलचर संरक्षण सम्बन्धि विधेयक, प्रदेश सुकुम्वासी आयोग सम्बन्धि विधेयक, प्रदेश गुठी सम्बन्धि विधेयक र सुनचाँदी पसलको नियमन अनुगमन सम्बन्धि विधेयक रहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.