logo

‘मधेसमा माक्र्सवाद’ विषयको प्रादेशिक गोष्ठी ऐतिहासिक रुपमा सम्पन्न  अन्तरविरोध, नवउदारवाद र वर्गीय चेतना नहुनु साम्यवादको चुनौती 

      8/23/2018 गते 00 00 मा प्रकाशित     1051   पटक पढिएको

वीरगन्ज, ७ भदौ । साम्यवादी बिचारका प्रवर्तक कार्लमाक्सको द्विशतवार्षिकीको अवसरमा बीरगंजमा ‘मधेशमा माक्र्सवाद’ बिषयक गोष्ठी सम्पन्न भएको छ । प्रदेश नम्बर २ को प्रदेश स्तरीय गोष्ठीमा सहभागी नेता तथा कार्यकर्ताहरुबीच माक्र्सवादको विषयमा व्यापक विचार विमर्श भएको छ । खास गरी मधेसको प्रदेश नम्बर २ का ८ जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको गोष्ठीमा मधेसमा देखिएको सामाजिक तथा राजनीतिक समस्या र समाधानको उपायको बारेमा नेकपाका नेता रामचन्द्र झाले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै झाले मधेसमा अहिले कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा मात्रै रहेको र जब सम्म वर्गीय आन्दोलन र वर्गीय चेतना तथा वर्गीय घृणाको चेतनालाई उठाउन सकिदैन, तब सम्म मधेसमा समाजवाद चुनौती रहेको बताए । उनले जातिवादले मधेसमा वर्गीय आन्दोलनलाई चुनौती दिएकोले वर्गको घेरा तोडेर जातको उम्मेदवारलाई भोट दिने प्रवृत्तिले मधेसमा वर्गीय आन्दोलन सफल हुन नसकेको बताए ।

त्यस्तै कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले आधारभूत रुपले माक्र्सवादमा टेकेर आजको एक्काईसौं शताब्दीका चुनौति र सम्भावनाका नयाँ उचाईबाट नयाँ दिशा र बाटो बनाउनुपर्ने जिम्मेवारी रहेको बताए । आज फेरी आफ्नो औचित्यलाई पर्नपुष्टि गनुपर्ने ठाउँमा नेपालको कम्युनिष्ट पार्टी उभिएको बताए ।

इतिहासमा केही कमी कमजोरी भएपनि कम्युनिष्टको प्रवृत्ति भने गौरमपूर्ण रहेको उनको भनाई थियो । नागरिकहरुले आफ्ना अधिकार स्थापित गर्न जोड गर्ने तर राज्यले त्यो पूरा गर्न नसक्ने अवस्थामा उत्पन्न हुने तनावले नेपालका भावी दिन सबैभन्दा प्रभावित हुने र यसले हाम्रो लोकतान्त्रिक स्थिरतामा बाधा पु¥याईरहने साथै राष्ट्रिय एकतालाई कमजोर बनाउन सक्ने खतरा रहेको बताए ।

यो अन्तरविरोध नै नेपाली क्रान्तिले समाधान गर्न नसक्ने प्रमुख चुनौती मानेको छ । कार्यक्रमको सभापतित्व गर्नुभएका नेकपाका नेता उमेश यादवले विषय प्रवेश गराउँदै पार्टी भित्रै पनि जातिवाद तथा शैक्षिक माफिया, मेडिकल माफियाहरुको बर्चस्व रहेकोले वर्गी समाज अगाडि आउन नकसकेको बताउनुभयो । उहाँले नवउदारवादले समाजवादको बाटोमा जान नसकिने बताउनुभयो । दोश्रो दिनको कार्यक्रममा घनश्याम भुषाल, रामचन्द्र झाले आफ्ना कार्यपत्र प्रस्तुत गरेपछि सहभागिहरुसँगको सवाल जवाफ पछि गोष्ठीको समापन भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.