logo

खुला ठाउमा दिशा गर्नेलाई कानुनी कार्यवाही हुन्छः प्रमुख जिल्ला अधिकारी पौडेल

      8/24/2018 गते 00 00 मा प्रकाशित     1041   पटक पढिएको

वीरगञ्ज ७ भदौ  ।
बीरगंजन महानगरले खुला दिशामुक्त अभियानलाई पूनःसंचालन गर्ने भएको छ । बीरगंज महानगरपालिकाका ३२ मध्य २३ वटा वडाहरु खुला दिशामुक्त घोषणा भएका छन । अव ९ वटा वडा खुलादिशामुक्त घोषणा भएमा बीरगंज महानगरलाई नै खुलादिशामुक्त घोषणा गर्ने आधार निर्माण हुन्छ ।

 

पर्सा जिल्ला नै २०१६ मा खुला दिशामुक्त घोषणा भइसक्नु पर्ने हो । पर्सा र बिभिन्न स्थानीय तह साकिमै रहेको अवस्थामा पटक पटक खुला दिशामुक्त घोषणा तिथि मिति तोकिएपनि घोषणा अनुसारको काम भएको थिएन ।

 

जनप्रतिनिधि आएपछि  फेरी बीरगंज महानगरलाई खुला दिशामुक्त घोषणा गर्ने समय सीमा तोकिएको छ । जनप्रतिनिधि आएपछिको यो पहिलो प्रतिवद्धता ब्यवहारमा लागू हुने आशा गरिएको छ । 


यही बिषयमा बिहिवार बिहिबार सरोकारवालाहरु बीच छलफल भएको छ । बीरगंज  महानगरपालिकाको  सभाकक्षमा आयोजित उक्त छलफल कार्यक्रममा महानगरपालिकाका बाँकी  रहेका वडाहरुलाई समयमै  खुला दिशामुक्त वडा  घोषणा गर्दै महानगरपालिकालाइ आश्विन भित्र खुलादिशा मुक्त घोषणा  गर्ने निर्णय समेत गरिएको  छ । 

 

छलफलमा सहभागी रहेका सम्बन्धित वडा अध्यक्षहरुसंग वडामा चर्पि निर्माण नभएका परिवारहरुको आर्थिक अवस्था  बारेमा जानकारी लिदै  पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले असोज मसांत भित्र महानगरपालिकाका सबै वडाहरु खुला दिशामुक्तलाई खुलादिशा मुक्त बनाउने अभियानमा लाग्न  अनुरोध गरे ।

 

उनले महानगरपालिकालाई ‘महानगरपालिकाकै’ रुपमा पनि चिनाउन खुलादिशा मुक्त बनाउनु पर्ने सबै सरोकारवालाहरुको दायीत्व भएको बताउदै असोज  भित्र सबै परिवारमा चर्पिको व्यवस्थापनको कार्यलाइ अगाडि बढाउन जन प्रतिनिधिहरुलाई अपिल गरे ।

 

उनले खुलादिशा गर्नेलाई कानुनी कार्यवाहि गर्ने कानुन बनिसकेकोले मंसिर १गते देखि अनुगमन र कानुनी कार्यवाहि अगाडि बढाइने बताइए  ।


कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दे वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भूसालले महानगरपालिकाले भदौ दोश्रो हप्तादेखि पुन सुरु  गरेको खुला दिशामुक्त अभियानमा सक्रियरुपमा लाग्न अनुरोध गरे ।

 

उनले वाकिरहेका वडाहरुमा महिला,युवा,दलित लगायत सबैको समिति गठन गरी चर्पिको औचित्यता बुझाउनु पर्नेमा जोड दिए । जुन घरमा  चर्पी छैन त्याहा यथासिघ्र चर्पि निर्माण गराउने कार्यमा लग्न सबै सरोकारवालाहरुलाई अनुरोध गरे  ।

 

खुला ठाउमा दिशा गर्ने व्यक्तिलाई कानुनी कार्यवाहि गरिने कानुन भदौ १गतेदेखि लागुभएको बारे सम्पुर्ण नगरवासीलाई जानकारी गराउदै स्वच्छ र सफा महानगरपालिका बनाउने अभियानमा सहयोग गर्न उनले सबैलाई अनुरोध गरेका छन ।


छलफल कार्यक्रममा महानगर  उपप्रमुख सुश्री शान्ति कार्कि,खानेपानी कार्यालय पर्साका प्रमुख डिभिजनल इन्जिनियर धर्मेन्द्र केसरी,यु एन हेवीटाटका केन्द्रिय प्रतिनिधि दुर्गा नेपाल,पर्साका प्रमुख हरि बुढाथोकि,वीरगञ्ल महानगरपालिकाका खानेपाननी तथा सरसफाई शाखाका प्रमुख सुनिल कर्ण लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.