गौर ९ भदौ । रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ मा रहेको टिकुलियास्थित लालबकैया नदीमा डुंगा डुब्दा ४० जना बेपत्ता भएका छन ।
नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष शैलेन्द्र गुप्ताका अनुसार ४० जनासवार डुंगा नदीमा डुबेको हो ।
रात परेकोले उद्धारमा समस्या आएको छ । डुंगामा रहेकामध्ये ५ जनाले पौडेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी उपरिक्षक केदार ढकाल, सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल घटनास्थलमा पुगेका छन् ।
घटनास्थलमा उद्धारका सामग्रीसहितका सुरक्षाकर्मी पुगे पनि रातको समय भएको र नदीमा ठूलो बाढी आएकाले उद्धारमा कठिनाइ भएको छ ।
तपाईको प्रतिक्रिया