logo

चार दिदेखी बन्द पेट्रोलियम पदार्थको ढुवानी शुरु

      9/21/2018 गते 00 00 मा प्रकाशित     989   पटक पढिएको

वीरगंज, ५ असोज । चार दिनदेखि बन्द रहेको पेट्रोलियम पदार्थको ढुवानी आजदेखि सुरु भएको छ । भदौ १ देखि लागू भएको फौजदारी अपराध संहितामा सवारी चालकहरूलाई कडा सँजायको ब्यवस्था गरिएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आव्हानमा चालकहरूले सवारी साधनहरू बन्द गरेको हुन् ।

असोज २ गतेदेखि चालकहरूले हड्ताल गरेपछि पेट्रोलियम पदार्थको ढुवानीसमेत प्रभावित भएको हो । पेट्रोलियम पदार्थको ढुवानी संचालनको पहल गर्न नेपाल आयल निगमको केन्द्रीय कार्यालय काठमाण्डौबाट इन्जिनियरिङ विभागका प्रमुख अशोक साहको नेतृत्वमा एक टोली बीरगंजमा आएको छ । टोलीले बीरगंजका पेट्रोलियम पदार्थको ढुवानीसंग सम्बन्धित ब्यवसायीहरूलाई समन्वय गरेर पेट्रोलियम पदार्थको ढुवानी सुरु गरेको हो ।

सरकारले जारी गरेको सवारी तथा यातायात ब्यवस्था ऐन तेश्रो संशोधनमा भएको ब्यवस्थाले चालकहरू मारमा पर्ने भन्दै सामाजिक संजालबाट आन्दोलनको आव्हान गरिएको र त्यसैको भरमा आन्दोलन भएको हो । आन्दोलनको न त नेतृत्व छ न त कार्यक्रम नै, हल्लाको भरमा आन्दोलन भएको पेट्रोलियम पदार्थ ढुवानी ब्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवको भनाइ छ ।

यस्तो छ कानूनी ब्यवस्था
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा १६१ को उपधारा एकले ज्यान मारेमा हुने सँजायको व्यवस्था गरेको छ ।

कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई मृत्यु भएको खण्डमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।

तर ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई पनि कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था राखिएको छ ।

उपधारा २ ले दुर्घटनाको कारणबाट मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भन्ने व्यवस्था गरेको छ ।

सरकारले अहिले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था ऐनमा यो दुवै उपधारालाई जस्ताको त्यस्तै राखेको छ । तर धारा १६१ को उपधारा ३ र ४ मात्रै अहिले संशोधन गरिएको छ ।

उपधारा ३ मा कसैको ज्यान जान सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो । तर अहिले संशोधित व्यवस्थामा कैद सजाय यथावत राखिएको छ भने जरिवाना बढाएर पचास हजार रुपैयाँ पुर्याइएको छ ।

यस्तै उपधारा ४ मा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा ९१० वा ९२० बमोजिमको कसूर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रूपैयाँ समेत गरिने छ भनेर उल्लेख छ । तर अहिले त्यसलाई बढाएर पचार हजार पुर्याइएको छ ।

यस्तै सोही ऐनको धारा १६२ ले अङ्गभङ्ग भएमा हुने सजायको व्यवस्था गरेको छ । उक्त धाराको उपधारा १ ले कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई अन्धो वा नपुंसकमध्ये जुनसुकै कुरा भएपनि त्यस्तो कार्य बदनियतसाथ गरेको भए सवारी चलाउने व्यक्तिलाई आठ वर्षसम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर अहिले संशोधन गरिएको ऐनमा कैद यथावत राखिएको छ भने जरिवाना ३ लाख पुर्याइएको छ ।

अन्धो वा नपुंसक बाहेक अन्य कुनै अङ्ग बेकम्मा भएमा आठ वर्षसम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना गरिने व्यवस्थालाई बढाउँदै अहिलेको संशोधित ऐनमा जरिवाना बढाउँदै २ लाख पुर्याइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.