logo

 तलबभत्ताको रकमबाट प्रोजेक्टर खरिद गरि बिधालयलाई हस्तान्तरण 

      9/23/2018 गते 00 00 मा प्रकाशित     1134   पटक पढिएको
असोज ८,
 ठोरी गाउँपालिकामा रहेको एक माध्यमिक बिद्यालयका शिक्षकहरुले आफ्नो तलबभत्ताको रकमले एक थान प्रोजेक्टर खरिद गरेर बिद्यालयलाई हस्तान्तरण गरेका छन् ।ठोरी ४ को मावि बिजयबस्तिका शिक्षकहरुले तलबभत्ताको रकमबाट प्रोजेक्टर खरीद गरि बिद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।आज प्रधानाध्यापकको कार्यकक्षमा शिक्षकका तर्फबाट रामचन्द्र महत्तोले सो सामग्री विव्यस अध्यक्ष मनोज श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

सो बिद्यालयमा कार्यरत शिक्षकहरुले शैक्षिक अवस्था सुधार गर्न र शिक्षालाई आधुनिक प्रविधिमैत्री बनाउन स्वतस्फूर्त रकम संकलन गरेर प्रोजेक्टर खरिद गरिएको बिद्यालयका शिक्षक फुर्वा लामाले बताए ।उनका अनुसार खरिद गरिएको प्रोजेक्टरको मुल्य रु ३८ हजार रहेको छ।पछिल्लो समय शिक्षामा सूचना प्रविधिको प्रयोगको महत्त्व बढ्दै गएकाले आफुहरुले सवै शिक्षकको समन्वयमा सो सामग्री खरिद गरेको शिक्षक सन्तोष श्रेष्टले बताए 

प्रोजेक्टर खरीदले शिक्षामा सूचना प्रविधिको पहुँच बिस्तारमा मद्दत पुर्याउने त छ्दैछ साथै यसले सम्बन्धित निकायलाई बदलिँदो समय अनुसार शिक्षामा सूचना प्रविधिको विकासको निमित्त विशेष कार्यक्रम र शैक्षिक सामग्री ल्याउन ध्यानाकर्षण समेत गरेको श्रेष्टले बताए ।

शिक्षकहरुले आफ्नै पहलमा प्रोजेक्टर खरिद गरेकोमा खुसी व्यक्त गर्दै प्रधानाध्यापक नारायण लामाले प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ सुधार हुने अपेक्षा व्यक्त गरे।त्यसैगरि विव्यस अध्यक्ष श्रेष्ठले शिक्षकले शिक्षण सिकाई क्रियाकलापमा देखाएको सक्रियताको तथा लगनसिलताको खुलेर प्रशंशा गरेका थिए।रेडियो बिजयबस्ती,को फेसबुकबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.