logo

ठाकुरराम क्याम्पसमा भवन अलपत्र

      9/28/2018 गते 00 00 मा प्रकाशित     1054   पटक पढिएको

वीरगन्ज ठाकुर बहुमुखी क्याम्पसको नयाँ भवन अलपत्र परेको छ । ठेकेदार कम्पनीलाई ४ पटक म्याद थपिदा पनि ७५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको छ । एक करोड ४९ लाख रुपैयाको ठेक्का वीरगन्जको मोना कन्सट्रक्सनले २ वर्षभत्रि भवन निर्माण सम्पन्न हुने गरि ०७१ वैशाख २२ मा कार्यादेश पाएको थियो ।

 

०७३ वैशाख २१ सम्म निर्माण भइसक्नु पर्ने क्याम्पस भवन हालसम्म अलपत्र परेको छ । क्याम्पस प्रशासन शाखाका अनुसार हालसम्म ४ पटक म्याद थपिएको छ ।

 

ठेकेदार कम्पनीले गत साउन २३ मा अगामि कात्तिक मसान्त भित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । कुल ठेक्का रकम मध्ये ७५ लाख रुपैया निकासा भइसकेको लेखा शाखाले जनाएको छ । भवन निर्माण अलपत्र पारेपाछि क्याम्पस प्रशासनले ०७४ फागुनमा दुई पटक स्पष्टीकरण पनि सोधेको थियो । 

 


    हालै ठाकुरराम बहुमुखी क्याम्पसले बीबीए कक्षा सञ्चालन अनुमति पाएको छ । नयाँ भवनमा छठपछि बीबीए कक्षा सञ्चालन गर्ने योजना क्याम्पस प्रशासनको थियो । समयमै भवन निर्माण नहुदा पुरानै भवनमा कक्षा सञ्चालन गर्छौ,।

 

सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले भने, धेरै पटक पत्राचार गरेपनि चासो लिएको छैन् । कात्तिक मसान्त भित्र निर्माण सम्पन्न गरिदिने प्रतिवद्धता जनाएपनि हालसम्म निर्माण सुरु गरेको छैन् । निर्माण गरेको संरचना समेत गुणस्तरीय नरहेको विद्यार्थीले आरोप लगाएका छन् ।

 

विद्यार्थी नेता कृष्णकुमार उपाध्यायले दुई तल्ले भवनका केही पिलर बांगिएको बताए । भवनको बीम समेत बाँगिएको छ,’ उनले भने, शैक्षिक संस्थामा भ्रष्टचार हुदा दुख लागेको छ । क्याम्पस प्रशासनले अनियमितता गर्नेलाई कारवाही गर्नुपर्ने उनले जोड दिए । क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहाले नयाँ भवन निर्माण सम्पन्न गराउन सरोकारवाला पक्षको दबाब आवश्यक रहेको औल्याए ।  


यस वर्षदेखि सुरु हुने बीबीएका लागि झन्डै २ सय विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये करिब ६४ जना छनौट हुनेछन्, सहायक क्याम्पस प्रमुख लामिछानेले भने, बिबिएका लागि सुविधाजनक प्रयोगशाला, पुस्तकालय, फर्निचरको आवश्यकता पर्छ, नयाँ भवन निर्माण भइदिएको भए यी संरचना बनाउन सजिलो हुन्थ्यो ।

 

मोना कन्स्ट्रक्सनका सञ्चालक रामाकान्त चौरसियाले उक्त ठेक्का पेटी कन्ट्रयाक्टमा दिएको खुलाए । बीचमा बालुवा नहुदा निर्माण सुरु गर्न नसकिएको पेटी कन्ट्रयाक्टरले भन्थे,’ कान्तिपुरसग फोनमा उनले भने, अब केही दिनभित्र सुचारु गर्ने भनेका छन् ।

 

निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष समेत रहेका चौरसियाका अनुसार पेटी कन्ट्रयाक्टमा लिएका ठेकेदारले समयमै निर्माण कार्य सम्पन्न नगर्दा आफनो कम्पनीको नाम बदनाम भइरहेको बताए । साभार ः कान्तिपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.