काठमाडौ १७ असोज । गृहमंत्रालयले प्रहरी बरिष्ठ उपरिक्षक दिवेश लोहनी प्रहरी उपरिक्षक बिकासराज खनालको निलम्बन फूकुवा गरेको छ ।
दुबै प्रहरी अधिकृतलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उनीहरु बिरुद्धको निलम्बन फुकुवा भएको हो।
गृहमन्त्रालयले एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरेको हो। जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालतले उल्टाएसँगै उनीहरुले निलम्बन फुकुवाको लागि गृहमा निवेदन दिएका थिए।
दुबै जना गत बैशाखमा निलम्वनमा परेका थिए। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नियम अनुसार नै काम गरिएको बताए।
एसएसपी लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले पक्राउ गरेको थियो। लोहनीलाई गत भदौ २९ गते अदालतले रिहा गर्न आदेश दिएको हो।
तपाईको प्रतिक्रिया