logo

खाद्य अधिकारमा गाउँपालिका प्रतिबद्धः अध्यक्ष चौधरी 

      10/6/2018 गते 00 00 मा प्रकाशित     1088   पटक पढिएको

रंगपुर २० असोज ।खाद्य अधिकारको सवालमा गाउँपालिका गम्भिर रहेको पटेर्वा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले वताए ।

 

पर्साको पर्टेवा गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश न.२ जनकपुरद्धारा जनप्रतिनिधि र मानव अधिकार निगरानी समुहका सदस्यहरुका लागि आयोजित क्षमता अभिबृद्धि तथा अभिमुखीकरण सम्बन्धी दुईदिने तालिममा अध्यक्ष चौधरीले सो वताएका हुन । 


अभिमुखिकरण तालिमको उद्घाटन सत्रका प्रमुख अतिथी समेत रहेका चौधरीले यस गाउँपालिकामा शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा देखिएको समस्याहरुलाई निराकरण गर्नका लागि मानव अधिकार निगरानी समुहको भुमिका महत्वपूर्ण रहने वताए । जनप्रतिनिधि नआएको समयमा मानव अधिकार निगरानी समुहले शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको क्षेत्र गरेको विभिन्न क्रियाकलापकाले पारेका प्रभावका कारण सो क्षेत्रमा सुधार आएको उनको भनाई छ । 


दुईदिने अभिमुखिकरण तालिममा इन्सेक अभियान,मानव अधिकार अवधारणा,विकास,विकासको सैद्धान्तिक अवधारणा,स्थानीय स्तरमा देखिएका शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको समस्या अवस्था विश्लेषण,नेपालको संविधान र मौलिक हक र आर्थिक सामाजिक आर्थिक तथा सांस्कृतिक अधिकार र जनताको पहुँचको विषयमा प्रशिक्षण हुने इन्सेक प्रदेश न.२ जनकपुर कार्यालयका कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले वताए ।

 

दुईदिने अभिमुखिकरण तालिममा इन्सेक प्रदेश न.२ का प्रदेश संयोजक राजु पासवान,कार्यक्रम फोकल पर्सन जागेश्वर यादव,पर्सा जिल्ला प्रतिनिधि केसी लामिछाने र पर्टेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरीले सहजिकरण गर्ने फोकल पर्सन यादवले बताए । 


मानव अधिकार निगरानी समुह गादीका अध्यक्ष एवं वार्ड अध्यक्ष बिजग गैरेको अध्यक्षतामा भएको कार्यक्रममा दुवै वडाका जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समुहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

 


कार्यक्रममा मानव अधिकार निगरानी समुहले गरेका कामका कारण आएको परिर्वतनका बिषयमा अन्तरक्रिया समेत भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.