logo

रातो बंगला दुर्घटनाका पीडितको उपचारकोलागि महानगरले  २ दुई लाख दियो

      10/10/2018 गते 00 00 मा प्रकाशित     1105   पटक पढिएको

वीरगञ्ज, २३ असोज । 
 वीरगञ्ज महानगरपालिकाको बार्ड नम्बर ९ स्थित रातो बगंलामा  हृयुम पाइपले च्यापिएर घाइते  बालिकाको  उपचारको लागी बीरगंज महानगरपालिकाले २ लाख रुपैया सहयोग उपलब्ध गराएको छ ।

 

महानगरले वि एन्ड वि अस्पताल काठमान्डौको खातामा २लाख रुपैया जम्मा गराएको बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले बताए ।वीरगञ्ज रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी  १० बर्षिय छोरी अनुष्का चौधरीको उपचारको लागि २लाख रुपैया मगंलबार जम्मा गराइएको हो ।

 

सोमबार  सांझ घटनापछि घाइते बालवालिकाहरुको उपच्चारको लागी नरायणी उपक्षेत्रीय  र हेल्थकेयर अस्पताल गन्डगमा पुगेर उपचारको  सबै व्यवस्थापन महानगरले गरेको नगर प्रमुख सरावगीले बताए ।बालिका अनुष्काको खुट्टाको अवस्था गम्भिर भएकोले परिवारको सल्लाहमा बिएन्डबि अस्पताल काठमान्डौ पठाएको बताउदै उपचारमा कुनै प्रकारको  कमिहुन नदिने नगर प्रमुख सरावगीको भनाइ समेत रहेको छ ।


सोही घटनामा परि  मृत्यु भएका बालकको परिवारलाई महानगरपालिकाले १लाख रुपैया राहत सहयोग प्रदान गरेको छ । सहयोग रकम पर्साका प्रमुख जिल्ला अधिकार लोकनाथ पौडेल महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूषाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल मृतक ७बर्षिय रोहित चौधरीको घरमै पुगी राहत सहयोग प्रदान गरेका हुन ।

 

मंगलबार दिउसो जिराभवानी गाउपालिका वार्ड नम्बर १ स्थित महादेवपट्टी गाउमा  पुगेर मृतक बालकका बुवा बाल मुकुन्द राउतलाई रु १लाखको चेक हस्तान्तरण गरिएको हो ।मृतकका परिवारलाई महानगरपालिकाले अहिले राहत सहयोग मात्र प्रदान गरेको बताउदै प्रमुख प्रशासकिय अधिकृत डा भूषालले घटनाको छानविन गरि  सम्बन्धित निकायबाट अबिलम्ब छतिपुर्ति दिलाउने प्रतिवद्धता समेत व्यक्त गरे  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पर्सा प्रहरीको चेतावनी, सामाजिक सञ्जालका भ्रामक समाचारप्रति सतर्क रहन अनुरोध

वीरगंज ।  पर्सा जिल्लामा सामाजिक सञ्जालहरू टिकटक फेसबुक लगायतका सामाजिक नेकवर्क मार्फत तोडफोड, आगजनी र अशान्ति भएको भनेर फैलिएका भिडियो र समाचारहरू पूर्ण रूपमा भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.