logo

पूर्वाधारमंत्री सोनललाई महासचिव पटेलका गम्भिर प्रश्न 

      11/19/2018 गते 00 00 मा प्रकाशित     2323   पटक पढिएको

बीरगन्ज,३ मंसिर ।
राजपाका महासचिव शिव पटेलले प्रदेश सरकारमा आफनो पार्टीका तर्फबाट नेतृत्व गर्ने भौतीक पूर्वाधार मंत्री जितेन्द्र सोनललाई केही गम्भिर सवाल गरेका छन ।  


उनले सामाजिक संजाल मार्फत सवाल उठाएका हुन । जन सरोकारको बिषयमा मंत्री ध्यान नगएको प्रति उनले सामाजिक संजाल मार्फत चोटीलो प्रहार समेत गरेका छन । उनले मंत्रीलाई साधेका छन “मंत्री जी उद्धघाटन मात्र हुन्छ की केही काम पनि हुन्छ ? ” ।

महासचिव पटेलको यो प्रश्नले नै प्रदेश सरकारले जनताको सरोकारको बिषयमा काम गरेको छैन भन्ने कुरा बोलेको छ ।  उनले प्रदेश सकारले बनाएका योजना र बिनियोजन गरेको बजेट कहिले कार्यान्वयन हुन्छ भनेर सोधेका मात्र छैनन अषाढमा काम काम गर्ने हो  ? भनेर ब्यङ्गयात्मक सवाल गरेका छन ।

 

अगााडे बिकास नेपालको रोगै हो । आर्थिक वर्षको अनत्यतिर गरिने कामले बित्तिय अनुशासनहिनता बढछ । त्यसो हुनु भनेको अनियमितता हुनु नै हो । आन्दोलनको जगमा बनेको क्रान्तिकारी सरकारको पारा पनि केही फरक नदेखिदा पटेल जस्ता युवा नेतृत्वको मगजमा यस्ता सवाल उठनु स्वभाविक पनि हो । 

 


उनले बीरगंजको यातायात ब्यवस्था कार्यालयमा बेथिती रहेको उल्लेख गरेका छन । यायात कार्यालय मार्फत प्रदेश सरकारले नागरिकलाई सेवा समेत दिन सकेको छैन । 


भौतीक पूर्वाधार मंत्री सोनल पनि आन्दोलनबाट स्थापित नेतृत्व हो । तर महासचिव पटेलको सवालले केही गम्भिर प्रवृतितर्फ संकेत समेत गरेको छ । उनले मंत्री सोनललाई मोटरसाइकलमा प्रदेश घुम्न सुझाएका छन । उनले केन्द्र सरकारले के गर्छ गर्दैन त्यो त्यो सबैले हेरिरहेको बताउदै  तपाईले प्रदेशकालागि के गर्नु भयो त्यो बताउनुस जनताले त्यो जान्न चाहेका छन भनेका छन ।

उनले मंत्रीको करको धम्की दिनु भन्दा पनि जनतालाई सुविधा दिने कुरामा ध्यान दिन आग्रह समेत गरेका छन । महासचिव  पटेलले यस्ता गम्भिर सवाल गर्दै गर्दामा पनि मंत्री सोनल प्रति आश भने यथावत रहेको उल्लेख  गरेका छन । सत्ताधारी पार्टीका महासचिवको सरकार र आफना मंत्री प्रतिको दृष्टिकोण यस्तो रहेको छ ।

 

जनताको सेवा र सुविधाको कुरा आउदा केन्द्रले केही दिएको छैन भनेर उम्किन खोज्ने प्रदेश सरकारहरुले अव त्यही बाहनामा जोगीन पाउने अवस्था भने रहदैन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.