logo

स्वास्थ्यकर्मीको ब्यवहारले उपचारमा सकारात्मक असर पार्छः प्रमुख भूषाल

      12/3/2018 गते 00 00 मा प्रकाशित     859   पटक पढिएको


वीरगन्ज, १७ मंसिर ।
वीरगन्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा भीष्म कुमार भूसालले औषधी  भन्दापनि स्वास्थ्यकर्मीको ब्यवहारले  उपचारमा बढी सकारात्मक असर गर्ने बताएका छन ।

 

त्यसैले त चिकित्सकलाई भगवानकै रुपमा समेत सम्मान मिल्ने गरेको छ ।एचआइभि संक्रमित आमाबाट बच्चामा सर्ने संक्रमण बारे सेवा प्रदायकहरुको लागि वीरगन्ज महानगरपालिकाद्धारा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भूसालले यस्तो धारणा व्यक्त गरेका हुन । 

 

उनले स्वास्थ्यकर्मिहरुद्धारानै यो रोग संक्रमित उपेक्षित हुनु वा भेदभावमा पर्नु पेशागत अपराध भएको बताए ।  कुनैपनि रोग वा संक्रमणबारे समाजलाई ससुचित गर्ने कर्तव्य स्वास्थ्य कर्मिहरुको रहेको बताउदै उनले पेशागत मार्यादालाई बचाउन बढाउन प्रतिवद्ध हुनु पर्ने बताए । 

 वीरगन्ज महानगरपालिकाका शिक्षा एवम स्वास्थ्य महाशाखाका उपसचिव अरबिन्द लाल कर्णको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला जनस्वास्थय कार्यालयका जनस्वास्थ्य अधिकृत अमलेश्वर मिश्रले महानगरपालिकामा एच आइ भि संक्रमणको अवस्था,संक्रमितको सख्या लगायतका विषयबारेमा जानकारी गराएका थिए  ।

 

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मिहरुको तिनवटा समूहले एच आइ भि संक्रमितहरुले परिवार,समुदाय र स्वास्थ्य संस्थाबाट सहनु परेको लन्छना  र भेदभावको बारेमा बुन्दागत जानकारी गराएका थिए ।


  यसैगरी आजै कुष्ठरोग रोगथाम कार्यक्रमको समीक्षा गोष्ठी सोमबार दिउसो सम्पन्न भएको छ । कुष्ठरोगको निवारण र निमुर्लीकरणमा सम्बन्धीत सबै निकायको सहयोगको आवश्यकता रहेको प्रशासकीय अधिकृत डा. भूसालले बताए ।

 

कुष्ठ रोग सरुवा रोग भएकोले यसको बारेमा जनचेतनाको अतिनै आवश्यकता रहेको गोष्ठीमा सहभागी वक्ताहरुले व्यक्त गरेका छन् । पर्सामा कुष्ठरोगीहरुको सख्या २०१०मा लगभग सून्यमा पुगेपनि विगत तिनबर्षमा गरिएको अनुशन्धानबाट पर्सामा मात्र ७३ जना रोगीहरु फेलापरेको कार्यक्रममा जानकारी गराइएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.